नेकपाले टुंगो लगायो ७७ जिल्लाकै अध्यक्ष र सचिव
सारांश
- काठमाण्डौ ८,बैशाख।
- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ।
- आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो।
काठमाण्डौ ८,बैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो ।।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको नेतृत्वको टुंगो लागेको बताए।
सचिवालय बैठकले जिल्ला अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको भएपनि जनवर्गीय संगठनको नेतृत्व र पोलिटब्यूरो सदस्यको नामवली भने टुंगिन बाँकी रहेको बताइएको छ।स्रोतकाअनुसार भागवण्डा गर्दा पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन एमालेको अध्यक्ष जनप्रतिनिधि भएको भएपनि उनलाई नै एकीकृत पार्टीको जिल्ला अध्यक्ष बनाइनेछ ।
नेताहरूका अनुसार तत्कालीन एमाले र माओवादीबीच जिल्ला अध्यक्ष र सचिवमा ६०/४० (सम्भवत ४७/३०) को भागवण्डा हुनेछ । महासचिव विष्णु पौडेलले तयार पारेको सूचीलाई अध्यक्षद्वयले अन्तिम रुप दिएपछि मात्र सार्वजनिक गरिने एक नेताले बताए ।
प्रतिक्रिया