नेकपासँग एकताको तयारीमा फोरम र नयाँ शक्ति !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नेकपासँग एकताको तयारीमा फोरम र नयाँ शक्ति !

सारांश

  • काठमाडाै,२० जेठ ।
  • डा बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग एकता गर्ने चर्चा सुरू भएको छ ।
  • तीन वटै पार्टीका शीर्ष नेताहरूबीच एकताको लागि छलफल तिब्र रूपमा भइरहेको छ ।

काठमाडाै,२० जेठ । डा बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग एकता गर्ने चर्चा सुरू भएको छ । तीन वटै पार्टीका शीर्ष नेताहरूबीच एकताको लागि छलफल तिब्र रूपमा भइरहेको छ ।

यसअघि नयाँ शक्तिसँग एकताका लागि छलफल चलिरहँदा फोरमबाट पनि एकताको ‘ग्रिन सिग्नल’ पाएपछि नेकपाले छलफल गरेको हो । फोरमका अध्यक्षसमेत रहेका यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागि भएपछि झन एकताको चर्चा बढी हुन थालेको छ ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अहिले यादवसँग एकताको लागि छलफलमा रहेको बालुवाटार स्रोतले जनाएको छ । नयाँ शक्तिसाग भने नेकपाले छुट्टै छलफल चलाएको छ । स्रोतकाअनुसार अबको केहि महिनाभित्रै एकता गर्ने तयारी रहेको छ ।

फोरम र नयाँ शक्तिसँग एकै पटक एकता गर्ने भन्दै प्रचण्ड र ओलीले छलफल तिब्र रूपमा अगाडी बढाएको ओली निकट एक नेताले खबरडबलीलार्इ जानकारी थिए । प्रचण्ड निकट एक नेताले खबरडबलीलार्इ दिएको जानकारीअनुसार शुरूमा नयाँ शक्तिसँग एकता गर्ने छलफल चलिरहँदा फोरमसँग पनि एकताको छलफल अघि बढाएको हो । एकताबारे नेकपा, फोरम र नयाँ शक्तिको शीर्ष नेताबाहेक अरूलार्इ थाहा दिइएको छैन् । जस्तो तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबारे पनि केहि शीर्ष नेतालार्इ मात्रै जानकारी दिइएको थियो ।

अब छिट्टै एकता गर्ने बिषयको पुष्टि भने प्रचण्डले गरेका छन् । जेठ १३ गते कृष्णसेन इच्छुकको १६ औं स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा प्रचण्डले भनेका थिए ‘हामीले केहि दलहरूसँग एकताको छलफल अघि बढाएका छौं, अबको केहि दिनमै यसको परिणाम आउछ ।’ कुन पार्टीसँग एकता गर्ने त्यतिबेला प्रचण्डले प्रष्ट नभनेपनि अहिले फोरम र नयाँ शक्तिसँग एकताको छलफल अन्तिम चरणमा पुगेपछि प्रष्ट भएको छ ।

स्रोतकाअनुसार फोरमसँगको एकताको छलफल अन्तिम अवस्थामा पुगेको छ । अबको केहि दिनभित्रमै त्यसको परिणाम सार्वजनिक हुने नेकपाका एक नेताले खबरडबलीलार्इ जानकारी दिए । ति नेताकाअनुसार नयाँ शक्तिसँग भने अझै केहि समय छलफलमै रहने संकेत देखिएको छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Razu Dhungel

    Fake news

    Comment Author

    Kumar Singh Khadka

    hawa

    Comment Author

    Krishna Pandeya

    वाईयात हावागफ

    Comment Author

    Sanjaya Mandal

    Congress ra ja pa pani mile hune ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?