मेसी र स्वारेज चम्किँदा बार्सिलोनाद्वारा गोल वर्षा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
मेसी र स्वारेज चम्किँदा बार्सिलोनाद्वारा गोल वर्षा

सारांश

  • स्पेनिस ला लिगामा गएराति मेसी र स्वारेज चम्किँदा बार्सिलोनाले रियल बेटिसमाथि गोल वर्षा गरेको छ।
  • ला लिगाको यस सिजनको २० औं खेलमा बार्सिलोनाले रियल बेटिसविरुद्ध ५-० को सानदार जित निकाल्न सफल भएको हो।
  • रियल बेटिसको होम ग्राउण्डमा भएको खेलमा बार्सिलोनाका लागि मेसी र सुवारेजले २/२ गोल गरे भने इभान राकिटिकले १ गोल गरे।

स्पेनिस ला लिगामा गएराति मेसी र स्वारेज चम्किँदा बार्सिलोनाले रियल बेटिसमाथि गोल वर्षा गरेको छ। ला लिगाको यस सिजनको २० औं खेलमा बार्सिलोनाले रियल बेटिसविरुद्ध ५-० को सानदार जित निकाल्न सफल भएको हो।

रियल बेटिसको होम ग्राउण्डमा भएको खेलमा बार्सिलोनाका लागि मेसी र सुवारेजले २/२ गोल गरे भने इभान राकिटिकले १ गोल गरे।

पहिलो हाफ गोल रहित बरारीमा सकिएको खेलमा बार्सिलोनाका लागि ५९ औं मिनेटमा इभान राकिटिकले खाता खोलेका थिए। मेसीले ६४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको चार मिनेटपछि स्वारेजले गोल थप्दै बार्साको अग्रता ३-० मा पुर्‍याए। खेलको ८०औं मिनेटमा मेसी फेरि गोल गर्दा ८९ औं मिनेटमा स्वारेजले समेत गोल गर्दै टिमलाई ५-० को जित दिलाए।

२० खेल खेल्दा अपराजित रहँदै शीर्ष स्थान रहेको बार्सिलोनाको ५४ अंक पुगेको छ । दोस्रो स्थानको यथ्लेटिको मड्रिडभन्दा ११ अंकले र तेस्रो स्थानको भ्यालेन्सिया भन्दा १४ अंकले अग्रता बनाएको छ। समान २० खेलबाट यथ्लेटिको मड्रिडको ४३ अंक र भ्यालेन्सियाको ४० अंक रहेको छ।

एक खेल कम खेलेको रियल मड्रिड ३५ अंकसहित चौथो स्थानमा खुम्चिएको छ। प्रतियोगितामा सेल्टा भिगोले रियल सोसिडाडलाई २ –१ ले हराएको छ । आलाभेस र लेगानेसले भने २–२ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय चर्चित गायक नर्भिक अस्पताल भर्ना
भारतीय चर्चित गायक नर्भिक अस्पताल भर्ना
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
१० दिनदेखि हराएका ३ जना किशोरी भेटिएनन्
तीनै पार्टीमा अध्यक्षका अगाडि कोही बोल्न सक्दैनन्, तीनजनाको मनोमानी
तीनै पार्टीमा अध्यक्षका अगाडि कोही बोल्न सक्दैनन्, तीनजनाको मनोमानी
स्थायी कमिटीलाई ओलीको पत्र : प्रचण्डको प्रतिवेदनको औचित्य छैन
स्थायी कमिटीलाई ओलीको पत्र : प्रचण्डको प्रतिवेदनको औचित्य छैन
कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि जिटुजी अवधारणा
गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि जिटुजी अवधारणा
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
तिमीलाई सम्झेर सार्वजनिक
तिमीलाई सम्झेर सार्वजनिक
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्