बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
सारांश
- बालाजु बाइपासबाट शनिबार साँझ १० किलो सुन सहित एक जनालाई पक्राउ गरिएको छ ।
- सो सुन रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको थियो ।
- काठमाडौं प्रहरी परिसरले सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुन सहित पक्राउ गरेको हो ।
बालाजु बाइपासबाट शनिबार साँझ १० किलो सुन सहित एक जनालाई पक्राउ गरिएको छ । सो सुन रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको थियो ।
काठमाडौं प्रहरी परिसरले सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुन सहित पक्राउ गरेको हो । उनले मोटरसाइकलको साइलेन्सर भित्र लुकाएर अवैध सुन काठमाडौं ल्याएका थिए ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले सुन बरामद भएको पुष्टि गरे । उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
राजधानीबाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया