भोजपुरमा वाम गठबन्धनले क्लिनस्वीप गर्ने सम्भावना बढ्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
भोजपुरमा वाम गठबन्धनले क्लिनस्वीप गर्ने सम्भावना बढ्दै

सारांश

  • भोजपुर, मंसिर २३ – एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको भोजपुरमा वाम गठबन्धनले क्लिन स्वीप गर्ने सम्भावना बढ्दै गएको छ ।
  • प्रदेशसभा ख मा एमालेका शेरधन राई यसअघि नै विजयी भइसक्नुभएको छ ।
  • मतगणना आखिरी चरणमा पुग्दै गर्दा प्रदेशसभा ख मा वाम गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राई विजयी हुने निश्चित भएको छ ।

भोजपुर, मंसिर २३ – एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको भोजपुरमा वाम गठबन्धनले क्लिन स्वीप गर्ने सम्भावना बढ्दै गएको छ । प्रदेशसभा ख मा एमालेका शेरधन राई यसअघि नै विजयी भइसक्नुभएको छ ।

मतगणना आखिरी चरणमा पुग्दै गर्दा प्रदेशसभा ख मा वाम गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राई विजयी हुने निश्चित भएको छ । राईले १७ हजार ७ सय ७८ मत पाउनुभएको छ भने कांग्रेस समेतको समर्थन पाएका संघीय समाजबादी फोरमका अजम्बर काङ्बाङले १० हजार ६ सय ३ मत पाउनुभएको छ । यो अवस्थामा उहाँहरुको मतान्तर ७ हजार १ सय ७५ छ । जवकी ३ हजार ३२ मत मात्र गन्न बाँकी छ ।

प्रतिनिधिसभामा पनि वाम गठबन्धनका सुदन किराँती विजयी हुने सम्भावना धेरै देखिएको छ । किराँतीले कांग्रेसका उमेशजङ्ग रायमाझीसंग १४ हजार ६ सय ८२ मतको अन्तर कायम गर्नुभएको छ । किराँतीले २१ हजार ५ सय १७ मत पाउनुभएको छ भने रायमाझीले १२ हजार ८ सय ५५ मत पाउनुभएको छ । प्रतिनिधिसभातर्फ अब २५ हजार ५ सय ४९ मत गन्न बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?