रणवीर र दिपिका वैवाहिक सम्बन्धमा बाँदिदै !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
रणवीर र दिपिका वैवाहिक सम्बन्धमा बाँदिदै !

सारांश

  • बलिउड कपल रणवीर सिंह र दिपिका पादुकोणको विवाहकाे मिति तय भएकाे छ ।
  • लामाे समयदेखि प्रेम सम्बन्धमा रहेका रणवीर र दिपिकाकाे विवाह यसै वर्षकाे नाेभेम्वर २० मा हुने तय भएका हाे ।
  • लामाे समय देखि हल्लामै सिमित रहेकाे उनीहरुकाे विवाहकाे कुरा अन्ततः पक्का भएका छ ।

बलिउड कपल रणवीर सिंह र दिपिका पादुकोणको विवाहकाे मिति तय भएकाे छ । लामाे समयदेखि प्रेम सम्बन्धमा रहेका रणवीर र दिपिकाकाे विवाह यसै वर्षकाे नाेभेम्वर २० मा हुने तय भएका हाे । लामाे समय देखि हल्लामै सिमित रहेकाे उनीहरुकाे विवाहकाे कुरा अन्ततः पक्का भएका छ ।

उनीहरुकाे विवाह भने इटालीमा हुने भनिएकाे छ । जहाँ केही अाफन्त र साथीहरुकाे मात्र उपस्थिति रहनेछ । मात्र ३० जना सहभागी हुने भनिएकाे विवाह पश्चात भारतमा ठूलाे पार्टिकाे अायाेजना हुने स्राेतले बताएकाे छ । रणवीर र दिपिका दुवैलाई मन पर्ने ठाउँ भएकाले विवाह इटालीमा हुन लागेकाे हाे ।

सन २०१३ काे फिल्म रामलिला बाट निकटता बढेकाे उनीहरुकाे सम्बन्ध पछि प्रेममा परिणत भएकाे थियाे ।त्यसपछिका अवार्ड वितरणका कार्यक्रमहरुमा सँधै साथमा देखिएपछि उनीहरुकाे प्रेम सम्बन्ध सार्वजनिक भएकाे थियाे । केही महिना अघि रिलिज भएकाे सुपरहिट फिल्म पद्मावत मा पनि दिपिका र रणवीरकाे उत्कृष्ट प्रस्तुति देखिएकाे थियाे ।

रणवीर र दिपिका दुवैका फ्यान यतिबेला निकै उत्साहित छन् ।

सामाजिक सञ्जालमा यो जोडीको फ्यान फलोइङ ठूलो छ । सञ्जालका प्रयोगकर्ताहरुले जोडीको कैयौं फ्यान पेज पनि बनाएका छन् । यो जोडीप्रति प्रशंसकहरुको प्रेम कस्तो छ भने, उनीहरुले जोडीको नाम ‘दीपवीर’ राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?