ओलीको अस्त्रः प्रचण्ड र माधवलाई लडाउने, महाधिवेशनमा फेरि अध्यक्ष बन्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
२० पटक हेरिएको
Shares
ओलीको अस्त्रः प्रचण्ड र माधवलाई लडाउने, महाधिवेशनमा फेरि अध्यक्ष बन्ने

सारांश

  • काठमाडौ, २२ माघ ।
  • नेपाल कम्युनिष्ट पार्टीको २०७७ सालमा तय भएको महाधिवेशनले दुई अध्यक्षात्मक अवस्थाको अन्त गर्नेछ ।
  • अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेकामा अबको महाधिवेशनमा उनीहरु बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

काठमाडौ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीको २०७७ सालमा तय भएको महाधिवेशनले दुई अध्यक्षात्मक अवस्थाको अन्त गर्नेछ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेकामा अबको महाधिवेशनमा उनीहरु बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

नेकपा एमाले र माओवादी बीचको एकतापछि बनेको नेकपाको पहिलो महाधिवेशनपछि एकल अध्यक्ष बन्न प्रभावशाली नेताहरुले आ(आफ्नो अस्त्र फाल्न थालिसकेका छन् । वर्तमान अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली अध्यक्ष बन्न चाहन्छन् । उनले आफ्नो टिमसँग पूर्व तयारीका लागि छलफल चलाइसकेका छन् ।

अबको तीन वर्ष प्रधानमन्त्री बन्छु भनिसकेका ओलीले पछिल्लो समय डिनर रणनीति चालिरहेका छन् । बालुवाटारमा नेकपाका नेताहरुलाई बोलाएर सांगितिक साँझसहितको डिनर गर्न थालेका छन् । मंगलबार उनले वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालसहित प्रभावशाली नेताहरुलाई बोलाएर सांगितिक साझसहितको डिनर गरेका थिए । ओलीले बाँसुरी बजाउँदा खनाल र नेपालले सारंगी रेटेका थिए ।ओलीले पछिल्लो समय खनाल र नेपाललाई बोलाएर एक्ला एक्लै वार्ता समेत गरे । तीन घन्टासम्म सँगै बसेर भलाकुसारी गरेका थिए । ओलीले वामदेव गौतमलाई उपाध्यक्ष बनाएर निकट बनाए ।

ओलीले यसरी नै सम्पूर्ण राजनीतिक अस्त्र प्रयोग गरिरहेका छन् । मृगौला प्रत्यारोपण गरेर तन्दरुस्त भएर तीन वर्ष सरकार चलाउने भनिसकेका छन् । यसका लागि उनले रणनीतिक चार्तुयता देखाइरहेका छन् ।

अहिले नेकपामा प्रचण्ड शक्तिशाली बन्दै जाँदा ओलीको डिनर रणनीति चलिरहेको छ । उनले विगतमा माधवकुमार नेपाललाई पेलेका थिए । खनाललाई बेवास्ता गरे । फेरि खनाललाई साथ दिएर नेपाललाई पेले । प्रचण्डसँग मिलेर अगाडि बढ्दा माधव नेपाललाई निकै पेले ।

ओलीले प्रचण्ड र माधव नेपाललाई लडाएर शक्ति बढाउन खोजेको विश्लेषण समेत भइरहेको छ । नेकपाका भावी अध्यक्षका आकांक्षीमध्येमा ओली, प्रचण्ड र नेपाल सर्वा्धिक शक्तिशाली आकांक्षी हुन् । त्यसैले त्रीकोणात्मक प्रतिष्पर्धामा ओलीले प्रचण्ड र माधव नेपाललाई लडाएर बाजी मार्न खोजिरहेका छन् । प्रचण्ड र माधव नेपाल नजिकिएपछि ओलीले नेपाललाई फकाउन थालिसकेका छन् । उनले यसरी नै प्रचण्ड र माधव नेपाललाई लडाएर आफू शक्तिशाली बन्दै पुनः अध्यक्ष बन्ने रणनीति बनाइरहेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेव गौतमलाई सांसद बनाउने तयारी
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
दुईपाङ्गेमा ४ लाखसम्म र चारपाङ्ग्रेमा ५० लाखसम्म मूल्यबृद्धि
दुईपाङ्गेमा ४ लाखसम्म र चारपाङ्ग्रेमा ५० लाखसम्म मूल्यबृद्धि
टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क
टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क
ललितपुरमा नवराज सिलवालकाे शुरुवाती अग्रता
ललितपुरमा नवराज सिलवालकाे शुरुवाती अग्रता
कृषि सचिव डा. जिसी राजीनामा दिएर विश्व खाद्य कार्यक्रमको लागि बैंकक जाँदै
कृषि सचिव डा. जिसी राजीनामा दिएर विश्व खाद्य कार्यक्रमको लागि बैंकक जाँदै
उम्मेदवारको काराेबार बैंक खाताबाट गर्न आयाेगकाे निर्देशन
उम्मेदवारको काराेबार बैंक खाताबाट गर्न आयाेगकाे निर्देशन
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
पोखरा पहिरोमा पुरिएका सातमध्ये पाँच जनाको सामुहिक अन्त्येष्टी
पोखरा पहिरोमा पुरिएका सातमध्ये पाँच जनाको सामुहिक अन्त्येष्टी
खो खोमा नेपाललाई रजत
खो खोमा नेपाललाई रजत

तपाईंले छुटाउनुभयो कि?