नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि

सारांश

  • नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया बृद्धा भएको खुलेको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।
  • विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे ।

नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया बृद्धा भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् । अहिले संक्रमण पुष्टि भएकी बृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया युवतीकी आफन्त हुन् ।

दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एक दिन आफन्तकहाँ बसेर उनीहरु दुबै जितमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट गर्नु भएको रहेछ । सँगै आएकी युवतीमा संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेकी थिइन्’ एक अधिकारीले भने । बागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थियो । तर बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन ।

तर संक्रमण देखिएपछि होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा
शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा
मोटोरोलाले  ल्यायो २ सय मेगापिक्सेलको क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन
मोटोरोलाले ल्यायो २ सय मेगापिक्सेलको क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन
मन्त्री बनेको दुईदिनमै लालबाबुले ल्याए गतिलो योजना
मन्त्री बनेको दुईदिनमै लालबाबुले ल्याए गतिलो योजना
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
एक महिनामै रेल आउँदै
एक महिनामै रेल आउँदै
लमजुङमा कृषि विकास बैंकले काट्यो भूकम्प पीडितको अनुदान
लमजुङमा कृषि विकास बैंकले काट्यो भूकम्प पीडितको अनुदान
यसरी घट्दैछ कांग्रेस भातृ संगठनमा देउवाको पकड
यसरी घट्दैछ कांग्रेस भातृ संगठनमा देउवाको पकड
नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
ओलीले धोका दिए भन्दै प्रचण्डको ईश्वरसँग गुनासो
ओलीले धोका दिए भन्दै प्रचण्डको ईश्वरसँग गुनासो

तपाईंले छुटाउनुभयो कि?