नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कुटे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कुटे

सारांश

  • काठमाडौं, २६ भदौ ।
  • हालै रोल्पामा नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्टलाई कुटपिट गरेका छन् ।
  • कुटपिटबाट विष्टको नाक र आँखामा गम्भीर चोट लागेको बताइएको छ ।

काठमाडौं, २६ भदौ । हालै रोल्पामा नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्टलाई कुटपिट गरेका छन् । कुटपिटबाट विष्टको नाक र आँखामा गम्भीर चोट लागेको बताइएको छ ।

अध्यक्ष विष्टको बुटवलस्थित मेडिटेक अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष विष्टमाथि कुटपिट भएपछि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी कुटपिटको घटनालाई तीव्र शब्दमा भत्र्सना गरेका छन् ।

“वास्तवमा कांग्रेसका गुण्डाहरूले उहाँलाई हत्या गर्ने उद्देश्यले नै आक्रमण
गरेका थिए”, विज्ञप्तिमा भनिएको छ, “तर उहाँसँग भएका अन्य साथीहरूको सहयोगका कारणले उहाँ बच्नु भएको थियो ।” जिल्ला अध्यक्ष कुटपिटको कार्यलाई स्थानीय प्रशासन र प्रहरीले समेत गम्भीर रूपमा नलिएको दावी गर्दै यसको शीघ्र छानबिन र दोषीलाई कडा सजायको माग गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?