पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ह्वात्तै बढ्यो एलपी ग्यासको मूल्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०८०
|
|
३९ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ह्वात्तै बढ्यो एलपी ग्यासको मूल्य

सारांश

  • काठमाडौं।
  • सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
  • नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।

निगमले मूल्य वृद्धि गएरातिदेखि लागू हुनेगरी बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमश: प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ