कांग्रेस सभापतिहरुको भेलाले कम्युनिष्ट सरकारलाई लगायो यस्तो आरोप
सारांश
- शिखरन्युज ९ असार – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको हेटौंडामा भएको भेलाले २१ बुँदे घोषणापत्र जारी गर्दै कम्युनिष्ट सरकारको आलोचना गरेको छ ।
- ४ दिनसम्म चलेको जिल्लाका पार्टी सभापतिहरूको चौथो राष्ट्रिय भेलाद्वारा जारी घोषणापत्रमा ‘सरकार सर्वसत्तावाद उन्मुख रहेको आरोप छ ।
- अधिकांश समय हारेको चुनावमै केन्द्रीत रहेको भेलाले आगामी दिनमा कांग्रेसको संगठन थप सदृढ गर्ने अठोट गरेको छ ।
शिखरन्युज ९ असार – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको हेटौंडामा भएको भेलाले २१ बुँदे घोषणापत्र जारी गर्दै कम्युनिष्ट सरकारको आलोचना गरेको छ । ४ दिनसम्म चलेको जिल्लाका पार्टी सभापतिहरूको चौथो राष्ट्रिय भेलाद्वारा जारी घोषणापत्रमा ‘सरकार सर्वसत्तावाद उन्मुख रहेको आरोप छ ।
अधिकांश समय हारेको चुनावमै केन्द्रीत रहेको भेलाले आगामी दिनमा कांग्रेसको संगठन थप सदृढ गर्ने अठोट गरेको छ । यसअघि कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले उल्टाएको भन्दै आलोचना समेत गरेको छ ।
भूकम्पपीडितलाई थप १ लाख दिने, क्यान्सर, मिर्गौला रोगी, स्पाइनल इन्जुरीलगायत गम्भीर प्रकृतिका रोगीलाई भत्तास्वरूप मासिक ५ हजार उपलब्ध गराउने, ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता दिने निर्णय उल्टाएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ ।
यस अघिको देउवा नेतृत्वको सरकारले छाड्ने बेलामा जथाभावी गरिएको निर्णय ओली सरकारले कार्यान्वयनमा ल्याएको छैन ।
सरकारले सामाजिक सुरक्षाप्रतिको सम्वेदनहीनतालाई उदांगो पारेको आरोप लगाएको छ । आफूले गरेका निर्णय र कार्यक्रमलाई निरन्तरता दिन भेलाले माग समेत गरेको छ । सरकारको नीति तथा कार्यक्रम, बजेट विनियोजन कांग्रेस सभापतिहरुको भेलाले देश र स्थानीय सरकारलाई कमजोर र केन्द्रमुखी बनाएको आरोप कांग्रेसको छ ।
भेलाले सरकारको आलोचन गर्दै विधान संशोधन, पार्टी संगठनको स्वरूपका विषयमा कुनै ठोस धारणा भने देखिँदैन । सरकारले जनतालाई मूल्यवृद्धि उपहार दिएको उल्लेख छ । मूल्यबृद्धिको विरोध गर्दा दमन गरेको र त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।
सरकार सर्वसत्तावादी, जनविरोधी प्रवृत्तिविरुद्ध कांग्रेस लड्ने बताएको छ । कम्युनिस्ट सरकारले सञ्चारमाध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, गैससमाथि नियन्त्रणकारी रबैया भन्दै आरोप लगाएको छ ।
प्रतिक्रिया