म यो गीत गाउंँछु असार ३० गतेबाट प्रर्दशन हँुदै !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २४, २०७४
|
|
२० पटक हेरिएको
Shares
म यो गीत गाउंँछु असार ३० गतेबाट प्रर्दशन हँुदै !

सारांश

  • सुर्य प्रसाद अधिकारी , चितवन।
  •   प्रेमकथामा आधारित कथानक चलचित्र ‘म यो गीत गाउंँछु’ यही आउंँदो असार ३० गते देशभरबाट एकैसाथ प्रर्दशन हुने भएको छ ।
  • चितवन आईपुगेको सो चलचित्रको टीमले आज भरतपुरमा पत्रकार सम्मेलन गरी  प्रर्दशन गर्ने जानकारी दिएको हो ।

सुर्य प्रसाद अधिकारी , चितवन।  प्रेमकथामा आधारित कथानक चलचित्र ‘म यो गीत गाउंँछु’ यही आउंँदो असार ३० गते देशभरबाट एकैसाथ प्रर्दशन हुने भएको छ ।चितवन आईपुगेको सो चलचित्रको टीमले आज भरतपुरमा पत्रकार सम्मेलन गरी  प्रर्दशन गर्ने जानकारी दिएको हो । चलचित्र प्रेमगीतको शिर्ष गीतलाई सापट लिएर सुदर्शन थापाले निर्देशन गरेको उक्त चलचित्र स्वयं थापा र नायिका पुजा शर्माले निर्माण गरेका हुन् । उक्त फिल्ममा सरोज खनाल सहित रुपा राना, मोहन निरौला,राजाराम पौडेल, शिशिर रानाको अभिनय छ । मुख्य अभिनय भने पुजा र पलको छ ।
‘मुख्यगरी यो चलचित्र लभ स्टोरी नै हो, अनी मिक्स मसला छ,’ नायिका तथा निर्मात्री पुजाले आज चितवनमा पत्रकार माझ भनिन् । अर्का कलाकार सरोज खनालले राम्रो चलचित्र बनेकाले दर्शकले सजिलैसँग समयको सदुपयोग गर्न सक्ने बताए । सवा करोड लगानी निर्माण भएको उक्त चलिचत्रमा ३ वटा गीत समावेश छ ।
काठमाडौ पोखरा तथा माथिल्लो मुस्ताङमा छायाँकन गरिएको चलचित्रलाई पुर्णरुपमा दर्शकले रुचाउने अपेक्षा गरिएको छ।

फरक शैलीमा प्रचार

चलचित्र ‘म यस्तो गीत गाउँछु’का कलाकारले आज चितवनमा फरक शैलीमा चलचित्रको प्रचार गरेका छन् । दर्शकसँग नजिक बनाउन फरक शैलीमा हात्ती सफारी गरिएको कलाकार सोभित बस्नेतले बताए ।उनीहरुले हात्तमिा बसेर दर्शकहरुलाई अभिवादन गर्दै नारायणगढ बजार परिक्रमा गरे । हात्तीमाथि कलाकारहरु सरोज खनाल, पुजा शर्मा र पल शाह थिए ।

नारायणगढको पुल्चोबाट शुरु भएको यात्रा शहिदचोक, लायन्स चोक हुँदै पुन पुलचोकमा आएर टुंगिएको थियो । उनीहरुले उत्कृष्ट फिल्म बनेकाले हेर्न दर्शकलाई अनुरोध गरेका थिए । हात्तमिाथि कलाकार आउँदा नौला लागेर दर्शक झुम्मिए । अहिले प्रचारप्रचारको क्रममा देश दौडाहामा लागेको चलचित्रको टोली पुर्वी नेपालबाट आज चितवन हुँदै पश्चिम लागेको छ । शनिवार बुटवलमा कार्यक्रम रहेको निर्माण टीमले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?