नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २८, २०७६
|
|
४७ पटक हेरिएको
Shares
नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक

सारांश

  • काठमाडौं।
  • बार्सिलोना र रियल मड्रिड दुवै ब्राजिलियन फरवार्ड नेइमारलाई अनुबन्ध गर्न प्रयासरत रहेका बेला लियोनेल मेस्सी यस विषयमा निर्णायक भूमिकामा पुगेका छन् ।
  • मेस्सी र नेइमारबीच आत्मीय सम्बन्ध छ ।

काठमाडौं। बार्सिलोना र रियल मड्रिड दुवै ब्राजिलियन फरवार्ड नेइमारलाई अनुबन्ध गर्न प्रयासरत रहेका बेला लियोनेल मेस्सी यस विषयमा निर्णायक भूमिकामा पुगेका छन् । मेस्सी र नेइमारबीच आत्मीय सम्बन्ध छ । यी दुईसँगै लुइस सुआरेजसमेत विभिन्न समयमा रमाइलो गरिरहेका देखिन्छन् । पछिल्लो समय मेस्सीले नेइमारलाई रियलको प्रस्ताव अस्वीकार गर्न सुझाव दिएको स्पेनिस मिडिया मार्काले दावी गरेको छ ।

मेस्सी, सुआरेज र नेइमारले ड्रेसिङ रुम शेयर गर्ने समयमा बार्सिलोनाले धेरै ठूला उपलब्धीहरु हासिल गरेको थियो । मेस्सीको साथमा खेलेरै नेइमारले फुटबलमा धेरै नयाँ कुराहरु पनि सिक्दै गएका थिए । मेस्सीको कप्तानीमा खेलेका नेइमारले बार्सिलोनामा हुँदा जुन उपलब्धी हासिल गरेका थिए त्यो पिएसजीमा गएर हासिल गर्न सकेका छैनन् । २ वर्षअघि नेइमार जाने बेला मेस्सीले उनलाई रोक्न हरसम्भव प्रयास गरेका थिए । उनी गइसकेपछि पनि मेस्सीले नेइमार बार्सिलोना फर्कन पाउँदा खुसी हुने प्रतिक्रिया दिएका थिए ।

मेस्सी बार्सिलोनाका कप्तान मात्र होइनन् । उनको भूमिका त्यो भन्दा बढी छ । उनको राय र इच्छाले क्लवको निर्णयमा ठूलो हेरफेर गर्न सक्छ । यसको उदाहरण गत सिजनको अन्त्यमा मेस्सीले कोच अर्नेस्टो भालभर्देलाई गरेको बचाउ हो । धेरै फ्यानहरुले भालभर्देलाई हटाएर नयाँ कोच ल्याउन माग गरेका थिए तर मेस्सीले भालभर्देको बचाउ गरेपछि भालभर्दे क्लवमै रहे । अहिले पनि मेस्सी, नेइमार र सुआरेज फ्रन्टलाइनमा हुँदा क्लव कति बलियो हुन्छ भन्ने व्यवस्थापनले समेत बुझेकोले मेस्सीले आफ्नो इच्छा बताइराख्नु जरुरी छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकास लाइ लक्ष्मी ले मोहि नि माग्नी ढुंग्रो नि लुकाउने आरोप लगाउदा के भयो त (हेर्नुश भिडियो )
भारतीय जुडो च्याम्पियनलाई बधाई
भारतीय जुडो च्याम्पियनलाई बधाई
माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
‘यातायात समितिका रोक्का खाता खुल्दैनन्’
‘यातायात समितिका रोक्का खाता खुल्दैनन्’
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
आजको मौसम: चार प्रदेशमा राती बर्षा र चटयाङको सम्भावना
माओवादी फकाउने एमालेको निर्णय  ,  मिल्लान त एमाले र माओवादी ?
माओवादी फकाउने एमालेको निर्णय , मिल्लान त एमाले र माओवादी ?
मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु
मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु
समर्थकहरूलाई बालोटेलीले भने-सानो मानसिकता भएकाहरुले किन फुटबल हेर्ने?
समर्थकहरूलाई बालोटेलीले भने-सानो मानसिकता भएकाहरुले किन फुटबल हेर्ने?