नेपाली सिटामोल माघदेखि बजारमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
नेपाली सिटामोल माघदेखि बजारमा

सारांश

  • नेपाल औषधी लिमिटेडले माघ दोस्रो हप्तादेखि सिटामोल उत्पादन गरी बजारमा पठाउने भएको छ ।
  • मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै लिमिटेडले माघको दोस्रो हप्तादेखि सिटामोल बजारमा पठाउने जानकारी दिएको हो ।
  • सिटामोल बाहेकाका औषधी उत्पादनका लागि अनुसन्धान तथा बिकास शाखा स्थापना गरि कार्य अघि बढाइएको पनि नेपाल औषधी लिमिटेडले जानकारी दिएको छ ।

नेपाल औषधी लिमिटेडले माघ दोस्रो हप्तादेखि सिटामोल उत्पादन गरी बजारमा पठाउने भएको छ । मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै लिमिटेडले माघको दोस्रो हप्तादेखि सिटामोल बजारमा पठाउने जानकारी दिएको हो । सिटामोल बाहेकाका औषधी उत्पादनका लागि अनुसन्धान तथा बिकास शाखा स्थापना गरि कार्य अघि बढाइएको पनि नेपाल औषधी लिमिटेडले जानकारी दिएको छ । नेपाल औषधी लिमिटेड यस आर्थिक वर्षदेखि आफ्नो खर्च आफै व्यहोर्न सक्ने अवस्थामा पुग्ने जानकारी पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड घाटामा जान थालेपछि २०६७ सालदेखि बन्द भएको थियो । २०७४ वैशाखदेखि पुन सञ्चालनमा आएको लिमिटेडले शुरुमा जीवनजल उत्पादन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?