नेपाली सेनाले फ्रान्सेली हेलिकप्टर किन्ने पक्का !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेपाली सेनाले फ्रान्सेली हेलिकप्टर किन्ने पक्का !

सारांश

  • काठमाडौं, ९ जेठ ।
  • नेपाली सेनाले एयरबस हेलिकप्टरले उत्पादन गरेको ‘इक्युरुअल हेलिकप्टर’ खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।
  • नेपाली सेनाका प्रतिनिधी र एयरबस हेलिकप्टरका प्रतिनिधीहरुले ६ सिटे ‘लाइट’ हेलिकप्टर खरिद गर्ने समझदारीपत्रमा हस्तारक्षर गरेको जनाइएको छ ।

काठमाडौं, ९ जेठ । नेपाली सेनाले एयरबस हेलिकप्टरले उत्पादन गरेको ‘इक्युरुअल हेलिकप्टर’ खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

नेपाली सेनाका प्रतिनिधी र एयरबस हेलिकप्टरका प्रतिनिधीहरुले ६ सिटे ‘लाइट’ हेलिकप्टर खरिद गर्ने समझदारीपत्रमा हस्तारक्षर गरेको जनाइएको छ । उक्त हेलिकप्टर अर्को महिना भित्र खरिद गर्ने समझदारी पनि भएको जानकारी प्राप्त भएको छ ।

पछिल्लो २ वर्ष देखि ३ वटा जहाज, एउटा मिडियम र दुईवटा लाइट साइजको हेलिकप्टर किन्ने प्रक्रियामा रहेपनि विभिन्न कारणले सेनाले हेलिकप्टर खरिद कार्यलाई अन्तिम रुप दिन सकिरहेको छैन । यद्यपी नेपाली सेनाले अहिले एउटा मात्र लाइट साइजको हेलिकप्टर मात्र किन्न लागेको हो ।

यसअघि रसियाबाट एमआई१७, भी फाइभ हेलिकप्टर ल्याउन खोजिएको भएपनि रसियामा अमेरिकाको नाकाबन्दीको कारण डलरमा भुक्तानी गर्न सम्भव नभएपछि नेपाली सेना अन्य विकल्प खोज्न बाध्य भएको थियो ।

सेनाको हेलिकप्टर खरिद गर्ने निर्णयलाई १६ असार, २०७३ मा बसेको मन्त्री परिषद्को बैठकले स्वीकृत गरेको थियो । स्वीकृत गर्ने क्रममा हेलिकप्टर खरिद प्रक्रिया अनुरुप गर्न निर्देश पनि गरेको थियो ।

सेनाले मिडियम साइजको हेलिकप्टरको लागि इटालियन कम्पनी अगस्तासँग पनि सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ भने अर्को लाइट साइजको हेलिकप्टरको लागि अमेरिकी कम्पनी बेल हेलिकप्टरसँग खरिद प्रक्रिया अगाडि बढाएको छ ।

हेलिकप्टर खरिद प्रक्रियामा मन्त्रीपरिषद्को निर्देशनको अवज्ञा भएको भन्दै महालेखा नियन्त्रकको कार्यालयले पनि सेनाको हेलिकप्टर प्रक्रियामा प्रश्न उठाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?