सीजीनेटले ल्यायो ‘सुपर भ्यालु प्लान’

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७९
|
|
३९ पटक हेरिएको
Shares
सीजीनेटले ल्यायो ‘सुपर भ्यालु प्लान’

सारांश

  • सीजी नेटले ‘सुपर भ्यालु प्लान’ सार्वजनिक गरेको छ ।
  • तीन प्याकेजमा रहेको सुपर भ्यालु प्लानमा ३०० एमबीपीएसको रकस्टार प्याकेज, १५० एमबीपीएसको पपुलर प्याकेज र ७५ एमबीपीएसको स्प्रिन्टर प्याकेज रहेका छन् ।
  • जुन १ महिना, ३ महिना र एक वर्षमा उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सीजी नेटले ‘सुपर भ्यालु प्लान’ सार्वजनिक गरेको छ । तीन प्याकेजमा रहेको सुपर भ्यालु प्लानमा ३०० एमबीपीएसको रकस्टार प्याकेज, १५० एमबीपीएसको पपुलर प्याकेज र ७५ एमबीपीएसको स्प्रिन्टर प्याकेज रहेका छन् । जुन १ महिना, ३ महिना र एक वर्षमा उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार ३०० एमबीपीएसको इन्टरनेट एक महिनाको लिँदा १३९९, तीन महिनाको लिँदा ४०६२ तथा १२ महिनाको लिँदा १४ हजार ९२८ रुपैयाँ पर्नेछन् । यस्तै १५० एमबीपीएसको एक महिनाको सेवा लिँदा १०५०, ३ महिनाको ३ हजार ४५ तथा १२ महिनाको ११ हजार १०० रुपैयाँ पर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै ७५ एमबीपीएसको सेवा लिँदा एक महिनाको ७३०, ३ महिनाको २१६० तथा १२ महिनाको ८ हजार १६० रुपैयाँ पर्ने छ । इन्टरनेट जडान गर्दा इस्टलेशन निःशुल्क हुने जनाइएको छ । कम्पनीका अनुसार ३०० एमबीपीसको एकैचोटी एक वर्षको प्याकेज लिँदा मासिक शुल्क औषतमा १२४४ रुपैयाँ पर्नेछ भने १५० एमबीपीएसको ९२५ र ७५ एमबीपीएसको ६८० पर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?