बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वरमा एमाले उम्मेदवारले मतदानस्थल छोडे

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
२९८२ पटक हेरिएको
Shares
बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वरमा एमाले उम्मेदवारले मतदानस्थल छोडे

सारांश

  • वैशाख ३१, २०७४- स्थानीय तहको निर्वाचनमा अहिले सम्म दोलखा बढी तनावपूर्ण देखिएको छ ।
  • काग्रेस र माओवादी केन्द्रको गठबन्धनले बुथ कब्जा गरेको भन्दै एमालेका तामाकोशी गाउपालिकाका अध्यक्षका उम्मेदवार इश्वरचन्द्र पोखरेल लगायतका सबै उम्मेद्वार र बैत्येश्वर गाँउपालिकाका  पनि सबै उम्मेद्वारहरु बुथ छोडेर हिडेका छन् ।
  • उनीहरुले निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा उजुरु दिएका छन् ।

वैशाख ३१, २०७४- स्थानीय तहको निर्वाचनमा अहिले सम्म दोलखा बढी तनावपूर्ण देखिएको छ । काग्रेस र माओवादी केन्द्रको गठबन्धनले बुथ कब्जा गरेको भन्दै एमालेका तामाकोशी गाउपालिकाका अध्यक्षका उम्मेदवार इश्वरचन्द्र पोखरेल लगायतका सबै उम्मेद्वार र बैत्येश्वर गाँउपालिकाका  पनि सबै उम्मेद्वारहरु बुथ छोडेर हिडेका छन् । उनीहरुले निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा उजुरु दिएका छन् ।

एमाले दोलखाका अनुसार बैत्येश्वर गाउपालिका वडा नम्बर १ को विष्णु प्रावि गैरीमुदी, वडा नम्बर २ को जनज्योती मावि गैरीमुदी, तामाकोशी गाउपालिकाको वडा नम्बर २ को अम्मर मावी झुले, वडा नम्बर ३ को कालापानी जफे, वडा नम्बर ३ कै जमुने हेल्थपोपट जफेमा  काग्रेस र माआवादी केन्द्रको गठबन्धनले हतियार देखाउदै मतदाता लखेटेर बुथ कब्जा गरेको छ । सुरक्षा निकायलाई जानकारी गराउदा सुरक्षा दिन नसक्ने जवाफ आएको भन्दै उम्मेद्वारहरु आफै सुरक्षाका लागि गाँउ छाडेर हिडेका हुन् ।

अन्य स्थानमा शान्तिपूर्ण चुनाव भइरहे पनि दोलखाका धेरै स्थानमा असमान्य स्थिति देखा परेको छ । विगु गाँउपालिकाको अलम्पु केन्द्रमा तनाव भएपछि  मतदान सुरु भएको छैन ।

जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरीमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् । हवाई फायरबाट केही मतदाता घाइते भएका छन् ।

बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरी प्रमुख कार्कीले बताए । फायरिङमा बाहिरका मान्छे ल्याएको आशंका गरिएको छ । मतदान प्रतिनिधिहरुले  मतदातालाई स्वतन्त्र रुपमा मत खसाल्न नदिने गरी  गतिविधि गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यस क्रममा केही घाइते भएका छन् ।

बैत्येश्वरको गैरीमुदी  विगतका चुनावमा पनि बढी नै तनाव हुने स्थल हो । स्वतन्त्र रुपमा मतदान गर्ने क्रमम विगतका चुनावमा पनि त्यो क्षेत्रमा अवरोध हुने गरेको इतिहास छ । यसपटक पनि विगतकै जस्तै घटना दोहोरिएको छ । एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्ने प्रयास गरेको दाबी गरेको छ । त्यही प्रयासले गर्दा स्थिति तनाव पूर्ण भएको हो । उक्त क्षेत्र काग्रेस र माओवादीको होल्ड भएको मानिन्छ । यसैगरी तामाकोशी गाउँपालिकाको झुलेमा पनि मतदान सुरु नहुँदै झगडा भएको थियो । झुले पनि संवेदनशिल क्षेत्र मानिन्छ ।

तामाकोसीकै कालापानी बुथमा झडप  भएको छ ।  झडपमा एमालेका २ नम्बर वडाका अध्यक्षका उम्मेद्वार परशु कार्की र जिल्ला कमिटी सचिवालय सदस्य जीवस  घाइते भएका छन् । उनीहरुलाई प्रहरीले रेक्क्यू गरेर उपचारमा लगेको छ । मेलुङ गाँउपालिकाको मेलुङ बुथमा पनि सामान्य झडप भएको छ ।

दोलखाका अधिकांस स्थानमा काग्रेस र एमाओवादीको गठबन्धन छ । उम्म्देवारी दर्ता देखि नै दोलखामा बढी  एमाले र सत्तारुढ गठबन्धनबीच राजनीतिक तिक्तता चुलिएको थियो । प्रचार प्रसारकै क्रममा दोलखाको जुगुमा एक एमाले कार्यकर्ताको कुलबहादुर तामाङको निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?