जसले बलात्कार संस्कृतिलाई जगेर्ना गरेका छन्
सारांश
- एजेन्सी ।
- ‘तपाई हाम्रो पिँडुला छुनुहोस वा स्तन वा तिघ्रा ।
- हामी नराम्रो मान्दैनौं ।
एजेन्सी । ‘तपाई हाम्रो पिँडुला छुनुहोस वा स्तन वा तिघ्रा । हामी नराम्रो मान्दैनौं । तपाईलाई जे मन पर्छ त्यही । हामी तपाईँलाई सुझाव दिन्छौं, न्याडोजको हरेक खानाको मजा आफ्ना हातले उठाउनुहोस ।’
यो न्याडोज चिकेनको एक विज्ञापन हो, जुन दुई वर्ष पहिला भारतका धेरै पत्रिकामा छापिएको थियो । यो विज्ञापन छापिएपछि निकै विवाद पनि भयो । एक ऐशट्रे अथवा सिगरेटको खरानी झारिने ट्रे हो । जो हेर्दा एक नग्न महिला टबमा खुट्टा फटाएर पल्टेको जस्तो देखिन्छ । यो अमेजन इंडियाको वेबसाईटमा प्रकाशित ऐश ट्रेको विज्ञापन हो जो गएको वर्ष जूनमा उसको वेबसाइटमा प्रकाशित भएको थियो। यस ऐश ट्रेको डिजाइन खुट्टा खुला राखेकी महिलाको जस्तै थियो । 
शुरुआतमा यी विज्ञापनको चर्चा किन गरियो भने, अब सोधिने प्रश्नबाट थाहा हुनेछ । अब प्रश्न उठ्छ के एक समाजका रुपमा बलात्कारीका साथमा छौं ? के हामी व्यक्तिगत रुपमा कतै न कतै बलात्कारीमाथि सहानुभुती राख्छौं ? कुनै न कुनै रुपमा बलात्कार पीडितमाथि दोष थोपार्छौ ?
यी प्रश्नको जवाफ ‘हो’ मा आउँछ । रेप कल्चर (बलात्कार संस्कार) कुनै न कुनै रुपमा दुनियाका हरेक कुनामा छ । यी शब्द सुन्दा अच्चम लाग्छ अनौठो लाग्छन्, किनकी संस्कृति वा कल्चरलाई परिवत्र तथा सकारात्मक संदर्भमा बुझिन्छ । तर, संस्कृति वा कल्चर मात्र राम्रो, रंगीवरंगी र फरक किसिमको परम्परा र रीतिरिवाजको नाम होइन । संस्कृति त्यो मानशिकता र चलन पनि हो जसले समाजको एक भागलाई दबाउन र अर्को भागलाई उठाउन कोशिस गर्छ । संस्कृतिमा बलात्कारको संस्कृति पनि लुकेको हुन्छ । जसको सुक्ष्म रुप कैयौं पटक हाम्रा आँखाबाट लुकेर निस्कन्छ । र कैयौ पटक यसको भद्दा रुपमा खुलेर सामुन्ने आउँछ ।
रेप कल्चर शब्दको सबैभन्दा पहिला सन् १९७५ मा प्रयोग गरिएको थियो, जतिबेला यसै नामबाट अमेरिकामा एक फिल्म बनाइएको थियो । ७० को दशकमा अमेरिकामा महिलावादी आन्दोलन चलिरहेको थियो । यसैक्रममा ‘रेप कल्चर’ शब्द चलनमा आयो । रेप कल्चरको अर्थ त्यो सामाजिक व्यवस्था हो जसमा मानिसहरु बलात्कारको शिकार भएका महिलाहरुलाई समर्थन गर्नुको सट्टा कुनै रुपमा बलात्कारीको समर्थनमा उभिन्छन् । रेप कल्चरको सम्बन्ध त्यो परम्परासँग छ जसमा महिलाहरुलाई नै बलात्काका लागि जिम्मेवार ठहराइन्छ । रेप कल्चर त्यो संस्कृतिको परिचायक पनि हो जसमा बलात्कार र महिलामाथि हुने हिंसालाई गम्भीर अपराध नमानेर सामान्य अपराध र दैनिक प्रक्रियाको घटना जस्तो देखाउने प्रयास गरिन्छ ।
कुनै समाज वा देशमा रेप कल्चर छ भन्ने साबित गर्न धेरै समस्या हुँदैन । यदि भारतको कुरा गर्ने हो भने माथि माथि लाग् छ हामी बलात्कारविरुद्ध लडिरहेका छौं, बलात्कारीलाई सजाय दिलाउन प्रयास गरिरहेका छौं र महिलाहरुको सम्मान र सुरक्षाका लागि लडिरहेका छौं आदि । यी कुरालाई पूर्णरुपमा अस्वीकार गर्न सकिँदैन तर यसको दोस्रो पक्ष पनि छ । जो यसमा कैयौं बलियो छ । यसले त्यो पक्षलाई साबित गर्छकी हामी पनि कतै न कतै बलात्कारीको समर्थनमा उभिएका छौ र बलात्कारको संस्कृतिलाई बढाइरहेका छौं । यसको पछिल्लो उदाहरण हो कठुआ सामूहिक बलात्कार । जब आरोपीको समर्थनमा खुलारुपमा राष्ट्रिय झण्डा बोकेर नारा लगाइयो ।
रेप कल्चरलाई केही फरक फरक उदाहरणबाट पनि बुझ्ने प्रयास गरौं ।
१ बलात्कारको सामान्यीकरण (नर्मलाईजेशन)
अब युवाहरुको सोच त बदल्न सकिँदैन नी ।
भाई जस्तै बन्ने प्रयास नगर । आफ्नो सुरक्षाका लागि नै भए पनि ८ बजेसम्म घर आउ ।
छोरा र छोरीका लागि फरक फरक नियम ।
तिमि एक्ली केटी होइनौं, जसका साथ यस्तो भयो, सानो कुरालाई ठूलो नबनाउ ।
सञ्चारमाध्यममा बलात्कारको सट्टा ‘हातपात’, र ‘यौन दुव्यवहार’ जस्ता शब्दहरुको प्रयोग गरेर अपराधको गम्भीरता घटाउने प्रयास गर्नु ।
बलात्कारमाथि चुटकिला बनाउनु । यी विषयमा हाँस्नु र मजाक बनाउनु ।
२ पीडितलाई नै दोषी बनाइदिनु
उसले छोटा कपडा लगाएकी थिई ।
उ राती ढिलोसम्म घुमेकी थिई ।
उ मदिरा सेवन गरेर केटासँगै थिई ।
उ सेक्शुअली एक्टिभ थिई , उसका कैयौं केटा साथी थिए ।
उ केटाहरुसँग हाँसेर कुरा गर्थी ।
उ केटाहरुसँग पबमा गएकी थिई । उसले अवश्य पनि कुनै संकेत गरिहोली ।
३ पीडितमाथि शंका गर्नु
उनीहरु दुबै रिलेशनशिपमा थिए, फेरि कसरी रेप?
श्रीमतीसँग कसरी रेप हुन्छ ?
उ यती नराम्री र बुढी छे, त्योसँग कसले रेप गर्छ ?
उसको शरीरमा चोटको निशान छैन । उसले किन प्रतिकार गरिन ?
त्यो बेला किन मुद्दा गरिन ? अब किन बोलिरहेकी छे ?
अवश्य पनि कुनै पब्लिसिटी स्टंट होला । सहानुभूति पाउन चाहन्छे ।
उसले पहिला पनि एक व्यक्तिविरुद्ध यस्तै आरोप लगाइसकेकी छ, उसँगमात्र किन यस्तो हुन्छ ?
४ ब्रो कल्चर
ब्रो कल्चर त्यो तरिका हो जसका सहयोगमा पुरुष एकअर्कालाई अपराधबाट जोगाउने प्रयास गर्छन् ।
जस्तैकी अरे उत यती सिधासधा केटा हो । उ कहिल्यै यस्तो गर्न सक्दैन । म त्यसलाई राम्रोसँग चिन्छु ।
जब महिलाहरु आफूमाथि भएका बलात्कार, हिंसा र उत्पीडनका कुरा गर्छन्, पुरुषहरुको एक हिस्सा मुद्दालाई कमजोर बनाउने प्रयास गर्न थाल्छन् ।
प्रश्न के हो भने महिलाहरुको आरोपलाई पुरुषहरु पर्सनली किन लिन्छन् ? सायद यसैले पुरुषहरुको ठूलो हिस्सा यस्तो अपराधमा कुनै बेला लिप्त रहेको हुन्छ होला । यसैले उनीहरु एकजुट भएर एकअर्काका लागि सुरक्षा कवच बन्छन् ।
यतिमात्र होइन, पुरुषको एक वर्ग यस्तो पनि छ , थाहा छैन कहाँबाट यस्तो तथ्यांक जुटाउँछ बलात्कारका ९० प्रतिशत घटना झुटा हुन्छन् र हातपातका ९९ प्रतिशत घटना झुटा हुन्छन् ।
यो त्यहि वर्ग हो जसले पुरुषमाथि भएका उत्पीडनका घटना पनि सम्झिन्छन् जति बेला महिलाहरु यस्ता कुरा उठाउँछन् ।
५ लकर रुप टक
भाई त्यो केटीलाई देख्यौं, म त एक रातका लागि भए पनि त्योसँग जान चाहन्छु ।
यार त्यसको फिगर हेरिस ? मौका मिल्यो भने म त.. ।
केही यस्तै हुन्छ पुरुषहरुको लकर रुम टक । जस्तोकी नामबाटै स्पष्ट छ, लकर रुम टक यानी बन्द कोठामा हुने कुरा । जेण्डर स्टडीमा लकर रुम टकको आशय पुरुषहरुको त्यो आपत्तिजनक कुराकानी हो जसमा उनीहरु महिलाका अगाडी प्रायः गर्दैनन् ।
यो त्यो कुराकानी हो जसमा पुरुषहरु खुलेर महिलाहरुलाई तल देखाउँछन् । महिलाहरुका लागि आपत्तिजनक भाषाको प्रयोग गर्छन् । र त्यो सबैचिज भन्छन् जुन सार्वजनिक रुपमा भन्न सकिँदैन ।
६ महिलाहरुको स्वायत्ततासँग डराउनु
महिलाहरुलाई सामाजिक र आर्थिक रुपमा आत्मनिर्भर हुन नदिनु ।
जति हुनसक्छ घरमै रोक्नु । उनीहरुलाई बाहिरी संसारदेखि अपरिचित राख्नु ।
भर्जिन हुनुलाई चरित्रको महानतासँग जोड्नु र महिलाहरुको यौनिकतालाई नियन्त्रणमा राख्ने प्रयास गर्नु ।
रोमाण्टिक र सेक्शुअल सम्बन्ध पहल गर्ने महिलालाई अपमानित गर्नु । महिलालाई चरित्रहिन बताउनु ।
धर्म र परम्पराको हवला दिँदै महिलालाई नियन्त्रणमा राख्ने प्रयास गर्नु ।
७ बलिया मानिसको असंवेदनशीलता
निर्भया सामूहिक बलात्कार मुद्दामा अभियुक्तका वकील एपी सिंहले भनेका थिए, ‘यदि मेरी छोरी या बहिनी बिहेभन्दा पहिला कसैसँग सम्बन्ध राख्छिन् भने वा कुनै यस्तो काम जसले उसको चरित्रमा आँच आउँछ भने म उसलाई आफ्नो फार्महाउसमा लिएर पेट्रोल खन्याएर पूरा परिवारका अगाडी जलाइएदिने छु ।’
निर्भया मुद्दाकै अर्का अभियुक्तका वकील एमएल शर्माले भनेका थिए, ‘हाम्रो समाजमा हामी केटीहरुलाई कुनै अपरिचित व्यक्तिसँग बेलुका साढे सात वा साढे आठ बजेपछि घरबाट बाहिर जाँदैनन्, र तपाई केटा र केटीको दोस्तीको कुरा गर्नुहुन्छ? सरी हाम्रो समाजमा यस्तो हुँदै । हाम्रो कल्चर बेस्ट छ । हाम्रो कल्चरमा महिलाको कुनै स्थान छैन ।’
हालै हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले भनेका थिए पहिला केटाकेटीसँगै घुम्छन्, फेरि केही झगडा भयो भने बलात्कारको आरोप लगाइदिन्छन् ।
भारतको संसदमा स्टकिंगमाथि चर्चा हुँदा केही सांसद हाँस्छन् ।
बलात्कारको एक मुद्दामा आयरल्याण्डको अदालतमा सुनुवाईका क्रममा वकीलले युवतीको कट्टु देखाउँदै भनेका थिए उसले लेस भएको थांग लगाएकी थिई यसैले सायद उ केटासँग सहमतिका साथ सेक्स गर्न चाहन्थी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त महिलाहरुका बारेमा यस्ता यस्ता आपत्तिजनक कुरा गरेका छन् जसलाई यहाँ लेख्न सकिँदैन ।
फिलिपीन्सका राष्ट्रपति रोड्रिगो डुटार्टे पनि महिलाका बारेमा कैयौं आपत्तिजनक बयान दिइरहेका हुन्छन् । केही महिना पहिला उनले भनेका थिए, ‘संसारमा जबसम्म राम्री महिला हुन्छिन्, त्यो बेलासम्म बलात्कार भइरहनेछ ।’
यी सबैभन्दा बाहेक अरु पनि धेरै यस्ता कुरा छन् जुन रेप कल्चरलाई बढवा दिन्छन् ।
बलात्कारलाई लज्जासँग जोड्ने, पीडित र उसको परिवारलाई सामाजिक बहिस्कार गर्ने, अपराधीलाई सजाय दिन उदासीन रवैया, बलात्कारलाई राजनीतिक सामाजिक कारण र युद्धका क्रममा बदलाको हतियारका रुपमा प्रयोग गर्ने । देशको संसदमा बलात्कारका आरोपी पुग्नु । र बलात्कार को आरोप लगोका धर्मगुरुको पछाडी अन्धभक्त भएर लाग्नु पनि रेप कल्चर नै हो ।
के तपाईँ पनि रेप कल्चरको हिस्सा हुनुहुन्छ?
रेप कल्चर भारतमामात्र छ, यस्तो बिक्लकुल होइन । रेप कल्चरलाई बचाउने पुरुषमात्र हुन, यस्तो पनि होइन । महिलाहरुको पनि सहभागिता छ । यदि तपाईलाई न्याडोज चिकेनको सो विज्ञापनमा कुनै गल्ति जस्तै लाग्दैन जसमा कुखुराले मानिसको स्तन र पिडौंलालाई छुन आमन्त्रित गरिरेको छ, त्यसो हो भने तपाईँ पनि रेप कल्चरको हिस्सा हुनुहुन्छ ।
यदि तपाईँलाई सो ऐश ट्रेमा केही गलत लाग्दैन जसमा मानिसहरुलाई महिलाको योनिमा सिगरेटको खरानी झार्न उस्काइरहेको छ, त रेप कल्चर फल्नुफुल्नुका पछाडी तपाईको पनि हात छ । (बीबीसी हिन्दीबाट अनुवादित)
प्रतिक्रिया