नेपाल–भारत सीमा नाका बन्द हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
६० पटक हेरिएको
Shares
नेपाल–भारत सीमा नाका बन्द हुने

सारांश

  • नेपालगन्ज, ८ असार ।
  • दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका ४८ घन्टाका लागि बन्द हुने भएको छ ।
  • प्रजिअ रविलाल पन्थका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकबाट भएको सहमतिबमोजिम असार १२ गते बिहानदेखि ४८ घन्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

नेपालगन्ज, ८ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका ४८ घन्टाका लागि बन्द हुने भएको छ ।

प्रजिअ रविलाल पन्थका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकबाट भएको सहमतिबमोजिम असार १२ गते बिहानदेखि ४८ घन्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइएको छ । निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने प्रजिअ पन्थले बताउनुभयो ।

“जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि तयार गरेको सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका ४० स्थानमा सशस्त्र प्रहरी पोष्ट र १५ स्थानमा नेपाली सेनालाई तैनाथीको अवस्थामा राखिसकेका छौँ”, प्रजिअ पन्थको भनाइ छ ।

सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त गस्ती गरिरहेको तथा गाउँबस्ती र सहरका टोल टोलमा सुरक्षालाई थप चुस्त बनाइएको जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा प्रवेश
नेपालको मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा प्रवेश
सिन्डिकेट रोक्न सर्वोच्चको परमादेश….
सिन्डिकेट रोक्न सर्वोच्चको परमादेश….
लोकप्रिय गायिका मनमाया वाईबाको नयाँ गीत सार्वजनिक (भिडियो सहित)
लोकप्रिय गायिका मनमाया वाईबाको नयाँ गीत सार्वजनिक (भिडियो सहित)
सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन
सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
सेनाका दुई कर्णेल पक्राउ, रासन अनियमितताको अभियोगमा सैनिक हिरासतमा
सेनाका दुई कर्णेल पक्राउ, रासन अनियमितताको अभियोगमा सैनिक हिरासतमा
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा भूकम्पको धक्का
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
सार्वजनिक यातायातमा दुव्र्यवहार भएमा सहेर नबस्न चन्दको आग्रह
सार्वजनिक यातायातमा दुव्र्यवहार भएमा सहेर नबस्न चन्दको आग्रह
ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा
ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा