नेपाल र भारत सम्बन्ध नयाँ आयाममा
सारांश
- नेपाल र भारतविच कुटनितिक सम्बन्धको बारेमा पटक–पटक कुरा उठ्दै आएको छ ।
- भारतका लागि नेपालका राजदूतलाई भारतका शीर्ष तहले वेवास्ता गरेको गुनासोसमेत हुँदै आएको थियो ।
- तर शुक्रबार राजदूत निलाम्बर आचार्यले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेटेका छन् ।
नेपाल र भारतविच कुटनितिक सम्बन्धको बारेमा पटक–पटक कुरा उठ्दै आएको छ । भारतका लागि नेपालका राजदूतलाई भारतका शीर्ष तहले वेवास्ता गरेको गुनासोसमेत हुँदै आएको थियो ।
तर शुक्रबार राजदूत निलाम्बर आचार्यले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेटेका छन् । यो भेटले नेपाल–भारतबीचको सम्बन्धमा कुनै समस्या नरहेको संकेत दिएको छ ।
भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्य र भारतीय विदेशमन्त्री एस जयशंकरविच शुक्रबार भेटवार्ता भए । भेटमा नेपाल भारत सम्बन्धबारे बृहत् छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
त्यो संगै नेपाल–भारत प्रबुद्ध समुहले तयार पारेको इपिजि प्रतिवेदनका बारेमा समेत छलफल भयो । तयार भएको लामो समयसम्म पनि भारतका प्रधानमन्त्री मोदीले बुझेका छैनन् । कुटनीतिज्ञहरुले भने प्रतिवेदन बुझ्न ढिला गर्न नहुने सुझाब दिएका छन् ।
भारतका प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा विदेशमन्त्री बनाएका एस.जयशंकर नेपालप्रति अनुदार छन् भन्ने टिप्पणी भइरहेको थियो । तर जयशंकरले राजदूत आचार्यलाई दिएको भेटपछि त्यो अनुमान पनि गलत सावित भएको छ ।
यद्यपी भेटलाई सार्थक बनाउनका लागि दुई देशबीच रहेका समस्या समाधानका लागि थप कुटनीतिक पहल गर्नुपर्ने पूर्वराजदूत उपाध्याय बताउँछन् । यता नेपालको परराष्ट्र मन्त्रालयले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उपाध्यायले जोड दिएका छन् ।
प्रधानमन्त्री भएपछि केपी ओली दुई पटक भारत भ्रमणमा गइसकेको छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपालप्रति अनुदार देखिएका छैनन् । दुई देशबीचका प्रधानमन्त्रीद्धय मोदी र ओलीबीच विभिन्न मुद्धामा टेलिफोन वार्ता हुने गरेको छ ।
नेपाल र भारतविच विगत देखिनै सम्बन्ध राम्रो भएकोले बेला बखत आएको केही सानातिना कुरालाई लिएर सम्बन्ध बिग्रियो भनेर शंका गर्न नहुने देखिन्छ ।
रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने मेरो छोरा होइन
राजगद्दी नै छोडेर रसियन मोडलसँग विवाह गरेका मलेसियाका पूर्वराजा सुल्तान मुहम्मद भीले श्रीमतीले जन्माएको सन्तानको बावु आफू नभएको स्पष्टोक्ति दिएका छन् ।
पूर्व मिस मस्को ओक्साना भोएभोदिनासँग विवाह गर्दै सुल्तानले गत जनवरीमा मलेसियाको गद्दी नै छाडिदिएका थिए । तर यही महिना मात्रै उनीहरुले डिभोर्स समेत गरिसकेका छन् ।
२७ वर्षीया ओक्साना भोएभोदिना र ५० वर्षीय पूर्वराजा सुल्तानबीच नयाँ सन्तानको विषयलाई लिएर मतभेद् नै भएको छ । पूर्वराजा सुल्तानले नयाँ सन्तानमाथि नै आशंका गरेपछि यस्तो अवस्था आएको हो ।
सिंगापुरका वकिल कोह तिएन हुआले पनि सुल्तानको पक्षमा बोलेका छन् । उनले नयाँ शिशुको बावुको कुनै प्रमाण ओक्सानासँग नभएको भन्दै सुल्तानलाई सहज हुने गरी अभिव्यक्ति दिएका हुन् ।
यससँगै रसियन मोडल ओक्साना आफ्नो सन्तानलाई लिएर रसिया फर्कनसक्ने अपेक्षा गरिएको छ । तर गत साता मात्रै ओक्सानाले आफू अझै विवाहित नै रहेको बताइन् ।
उनले मलेसियन एक पत्रिकासँग बोल्दै यो एक निराशाजनक अवस्था मात्रै भएको तर आफूहरुले डिभोर्स नगरेको प्रतिक्रिया दिएकी छन् । इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनले भनेकी छन्, ‘म उनको जीवनको अन्तिम व्यक्ति बन्न चाहन्छु । र म आफ्नो जीवनको अन्तिम क्षणसम्मै उनीसँग बाँच्न चाहन्छु ।’
तर मलेसियाका मिडियाले डिभोर्स पेपर तयार भइसकेको जनाएका छन् । जुलाइ १ मै उनीहरुले डिभोर्स पेपर दर्ता गरिसकेको मलेसियन मिडियाले जनाएका छन् । उनीहरुको सम्बन्धबाट गत मे २१ मा छोरा जन्मिएको थियो ।
कृषिमा यसरी जम्दैछन् इटहरीका यी युवा
कुनै समय हेयको दृष्टिले हेरिने कृषी पेशा प्रति अहिले आकर्षण बढेर गएको छ । गाउँ शहर सबै तिर अहिले युवा पूस्ता फार्म हाउस खोल्दै कृषीतर्फ मोडिएका छन् । कृषि कर्ममा लाग्नेहरुले पनि विस्तारै समाजमा ग्ल्यामर्स छवि स्थापित गर्दैछन् । इटहरी १८ लविपुरका राजु बस्नेत पनि त्यस्तै एक युवा हुन् जो अहिले कृषिमा आफ्नो भविष्य खोजिरहेका छन् ।
बस्नेतले करिब ६ वर्ष कतारमा विताए । कतार जानुु अघि उनी शिक्षण पेशामा थिए । शिक्षण पेशाले जिविका चल्ने छाँट नदेखेपछि उनी कतार हानिएका थिए । कतारमा ठीकै थियो उनलाई । कमाई पनि राम्रै थियो । तर एकदिन उनले एक्कासी सोच यो ४०, ५० डिग्रीको तातोमा पसिना बगाउनु भन्दा त देशमै केही गरे वेस होला । त्यसपछि उनले कम्पनीका सँगै काम गर्ने साथीहरुलाई नेपाल गएर कृषि गर्ने सुनाए । तर साथीहरुले उनलाई उडाए के हो केटो खुस्किए जस्तो छ ।
तर उनले अब जे गर्छु देशमै गर्छु भन्ने अठोट लिई सकेका थिए । कतारको कमाईले १० कठ्ठा जति जग्गा किनेका थिए । त्यही जग्गामा उनले लोकल कुखुरा र हाँस पाल्न सुरु गरे । युट्युव र गुगलको सहारा लिदै नयाँ नयाँ प्रविधिको ज्ञान पनि बटुल्दै गए । अहिले उनको बि.एण्ड जी. अर्गानिक फार्म हाउसले उनलाई सन्तुष्टि मात्रै होइन, आम्दानी पनि राम्रै दिन थालेको छ । सबै खर्च कटाएर महिनाको ५० हजार रुपैयाँभन्दा बढि कमाइरहेको उनले बताए ।
कुखुरा र हाँसबाट सुरु भएको फार्म हाउसलाई उनले विस्तार गर्दै लगेका छन् । फार्म हाउसमा बट्टाई र माछा पालन बाहेक गड्यौलाको मल समेत उत्पादन हुन्छ । कुखुराका पनि अनेकौ प्रकार रहेका छन् । छडि पलाएको, पखेटा उल्टो भएको, खुट्टा कालो भएको, स्याखुने सहित स्थानीयस्तरमा पाइने विभिन्न किशिमका कुखुरा उनले पालेका छन् ।
कुखुरा र हाँस पालन स्थिरता लिएपछि अरु किसानका लागि अर्गानिक मल, उन्नत जातको विउ बोका लगायत पनि उपलव्ध गराउन थालेका छन् । बीचमा बर्डफ्लुले केही समस्या दिए पनि अहिले आफ्नो व्यवसायले राम्रो गरिरहेको बस्नेत बताउँछन् । उनलाई आफ्ना उत्पादनले बजार नपाउँला भन्ने चिन्ता छैन । फार्ममै आएर व्यापारीले प्रत्येक दिन १५ देखि २० हजार रुपैयाँ सम्मको कुखुरा हाँस किन्ने गरेका छन् । लोकल कुखुराको माग भेडेटार, नाम्जे, धरान, इटहरी लगायतका स्थानबाट अत्याधिक छ । उनले फार्म हाउसमै आउनेलाई त्यही बसेर लोकल कुखुरा, हाँस, बट्टाई, माछाका विभिन्न परिकार खुवाउने व्यवस्था पनि मिलाएका छन् ।
आफु फार्म हाउसमार्फत कृषि पेशामा लागेपछि उनले महशुष गरे, यो पेशा निकै हेपिएको र पछि पारिएको रहेछ । सरकारी निकायबाट पनि भनेजस्तो योजना र सहुलियत नभएको उनले दावी गरे । अब किसान फस्र्ट भन्ने अवधारणा ल्याएर किसानलाई अनुदान, विभिन्न तालिम तथा सम्मानजनक अवस्थामा पुर्याए मात्रै साच्चिकै कृषि क्रान्ति हुने र देशको मुहार फेरिने उनले दावी गरे ।
बालुवाटार धाउँदै गौतम, नेपाल र खनाल
प्रधानमन्त्री केपी ओली आफूलाई मन नपर्ने दल वा व्यक्तिलाई जस्तोसुकै कटाक्ष गर्न पनि पछि पर्दैनन् । प्रधानमन्त्री भएपछि त झन उनको शैलीका कारण धेरै आलोचना खेप्नु परेको छ । तर केही समययता भने ओली लचक देखिएका छन् । यद्यपी उनको शैली कुन बेला बदलिन्छ त्यो भने ठेगान छैन ।
प्रधानमन्त्री केपी ओली शक्तिशाली भए पनि विवाद र आलोचनाले छोडेको छैन । सरकार संचालनमा होस वा पार्टी संचालन, दुवैतिर उनी नेतृत्वमा छन् । तर सरकार संचालनको हकमा प्रतिपक्ष र आफ्नै पार्टीका नेताहरुबाट आलोचित हुने गरेका छन् । पार्टी संचालनका क्रममा पनि आफ्नै दलका नेताहरु रुष्ट भइरहेका छन् ।
यि सबै कुरालाई मध्येनजर गरेर हुन सक्छ, पछिल्लो समय ओली केही नरम बन्न खोजेको देखिन्छ । तर उनको शैली कुन बेला कडा र कुन बेला नरम हुन्छ भन्ने ठेगान पनि हुँदैन । जे होस पछिल्लो एक महिनायता ओलीले पार्टी्िभत्रका आफ्ना विरोधीलाई पनि नरम व्यवहार गर्न थालेका छन् ।
केही महिना अगाडिसम्म नेकपाका शीर्ष नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलगायतका नेताहरु पार्टीको औपचारिक बैठकबाहेक अन्य प्रयोजनका लागि बालुवाटार जाँदैनथे । गत पुसको स्थायी स्थायी कमिटी बैठकमा यिनै नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर चर्को विरोध गरेका थिए । तर अहिले अवस्था फरिएको छ । पछिल्ला दिनमा शीर्ष नेताहरु ओलीलाई भेट्न वालुवाटार जान हिचकिचाउँदैनन् ।
यसका लागि ओलीले नै वातावरण सृजना गरेको प्रमुख प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालको भनाई छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले गएको असार २० र २१ गते संसदीलय दलको बैठक राखेर गुनासाहरु सुनेका थिए । गुनासा सुन्ने क्रममा सरकार र पार्टीको आलोचना पनि सुनेपछि ओलीले आफ्नै दलका सांसदलाई पनि निर्देशन दिएर आफू पनि सच्चिने संकेत दिएको प्रधानमन्त्रीका प्रेस संयोजक डा. कुन्दन अर्याल बताउँछन् ।
प्रधानमन्त्री बनेपछि ओलीमा दम्भ देखिएको थियो । प्रतिपक्ष र आफ्नै दलका नेताहरुलाई चिढ्याउने कामसमेत भयो । अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेता बामदेव गौतम ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिदै आएका छन् ।
अहिले भने ओलीले विभिन्न जिम्मेवारी दिएर सबै नेतालाई समदुरीमा राख्न खोजेको संकेत पाइन्छ । यद्यपी दलीय स्वार्थ हाबी हूँदा कुन बेला कस्तो व्यवहार प्रस्तुत हुन्छ, त्यो भने ठेगान छैन ।
रायमाझी भन्छन् ‘माधव नेपाललाई स्कुल विभाग दिनै हुँदैन ’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीका सचिवालय सदस्यहरु कसैलाई पनि कुनैपनि विभागको नेतृत्व दिन नहुने स्पष्ट पारेका छन् ।
नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘सचिवालयका कोही पनि सदस्य पनि स्कुल विभागको नेतृत्व दिनुहुँदैन् । बरु, स्थायी समिति र केन्द्रिय समितिबाट ल्याउनुपर्छ ।’
उनले पूर्व प्रधानमन्त्री भैसकेकाहरुले त झनै कुनैपनि विभागको नेतृत्व लिन नहुने धारणा राखे । उनले नामै लिएर पूर्व प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधव कुमार नेपाललाई विदेश विभाग दिन नहुने जिकिर गरे । त्यस्तै, झलनाथ खनाल र वामदेव गौतमलाई पनि कुनैपनि विभागको नेतृत्व दिन नहुने उनको सुझाव छ ।
उनले थपे,‘यदि उहाँहरुलाई विभागको नेतृत्व दिईयो भने पार्टी्िभत्र द्धन्द्ध र विवाद हुन्छ । यो एकता दिगो होईन । भरपर्दो हुँदैन् । महाधिवेशन नभएसम्म एकताको महत्व छैन् ।’
नेकपामा ३२ विभागमध्येको एक स्कुल विभागलाई शीर्ष नेताहरुले नै आफ्नो व्यक्तिगत स्वार्थ हेर्दा विवाद लम्बिएको छ । सांगठनिक एकता स्कुल विभागकै कारण पूरा हुन सकेको छैन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पटक–पटक ‘वान टु वान’ छलफल गरेपनि स्कुल विभागको नेतृत्वबारे सहमति जुट्न सकेको छैन । आन्तरिक किचलोकै कारण सचिवालय बैठक दुईपटक स्थगित भइसकेको छ ।
ओली पछि पूर्वराजाको स्पष्टोक्ती ‘रअ’लाई भेटेको छैन
साउन । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपाल आएकोबारे सरकारलाई कुनै जानकारी नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गरेको लगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफूले पनि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको स्पष्ट पारेका छन् ।
पूर्व राजा शाहका सचिव डा. फणिराज पाठकले एक विज्ञप्ति निकाल्दै यस्तो स्पष्टीकरण दिईएको हो । पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।’
विज्ञप्तिमा भनिएको छ,‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु।,’
प्रतिक्रिया