डा.केसीको अनशनलाई गगन थापाले किन वेवास्ता गरे ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
डा.केसीको अनशनलाई गगन थापाले किन वेवास्ता गरे ?

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस युवा नेता एवम् सांसद गगनकुमार थापा अष्ट्रेलिया उडेका छन् ।
  • बरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसी अनशन बसिरहेको बेला नेता थापा भने सुटुक्क अष्ट्रेलिया उडेका हुन् ।
  • परोपकारी संस्था जीवन उत्थानको सहयोगार्थ सिड्नीमा आयोजना हुने च्यारीटी कार्यक्रममा सहभागि हुन थापा अष्ट्रेलिया पुगेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस युवा नेता एवम् सांसद गगनकुमार थापा अष्ट्रेलिया उडेका छन् । बरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसी अनशन बसिरहेको बेला नेता थापा भने सुटुक्क अष्ट्रेलिया उडेका हुन् ।

परोपकारी संस्था जीवन उत्थानको सहयोगार्थ सिड्नीमा आयोजना हुने च्यारीटी कार्यक्रममा सहभागि हुन थापा अष्ट्रेलिया पुगेका हुन् । उनी प्रदेश नम्बर तीनकी प्रमुख अनुराधा कोइरालासहित सिड्नी पुगेका छन् ।

चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह थालेका छन्। गत साउन १० मा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा.केसीले ६ बुँदे मागसहित अर्काे चरणको सत्याग्रह इलामबाट थालेका हुन्।

मंगलबार इलाम आएका डा.केसीले बुधबार साँझ पत्रकार सम्मेलन गरी १६औं सत्याग्रह घोषणा गरे। उनी साँझ ५ बजेदिेखि सदरमुकामको केही महिनाअघिसम्म सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रहेको निजी भवनमा ६ बुँदे मागसहित सत्याग्रह बसेका छन्।

सुरुदेखि नै केसीको मागप्रति सकारात्मक रहेका थापा भने यसपटक सुटुक्क अष्ट्रेलिया पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?