यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
४२ पटक हेरिएको
Shares
यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन

सारांश

  • काठमाडौं, ५ बैशाख ।
  • आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन ।
  • मलेसियामा जारी एसिया क्षेत्रको छनौट खेलमा युएईसँगको १ रनको हारका कारण नेपालले विश्वकप गुमाएको हो।

काठमाडौं, ५ बैशाख । आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन । मलेसियामा जारी एसिया क्षेत्रको छनौट खेलमा युएईसँगको १ रनको हारका कारण नेपालले विश्वकप गुमाएको हो। यो क्षेत्रबाट १ देश विश्वकपमा छनौट गर्न मलेसियामा छनौट खेल भइरहेको छ।

नेपालले अन्तिम खेलमा कुवेतको १५८ रनको लक्ष्य पछ्याइरहेको छ। नेपाल–कुवेतको खेल नसकिँदै युएई विश्वकपका लागि छनौट भएको छ । उसले प्रतियोगिताका सबै खेल जितेको छ।

नेपालले भने यसअघि युएईसँगको खेल १ रनले गुमाएको थियो । गत शनिबार भएको खेलमा नेपाल डीरएल मेथडमा १ रनले पराजित भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?