नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०८०
|
|
१७ पटक हेरिएको
Shares
नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

सारांश

  • काठमाडौँ ।
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।
  • आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो ।

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो ।

नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता शेयर ९० हजार दुई सय ४९ पटक खरिद–बिक्री हुँदा रू छ अर्ब ४९ करोड चार लाख १२ हजार छ सय ६५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह आठ सय ८१ दशमलव ५६ र निर्जीवन बीमा समूह छ सय ६६ दशमलव ९७ अङ्कले बढेको छ । बैंकिङ समूह १२ दशमलव ७४, विकास बैंक एक सय ७४ दशमलव ६९, वित्त ९८ दशमलव ०९, होटल तथा पर्यटन ९३ दशमलव ५७, जलविद्युत् ४६ दशमलव ४४ र लगानी समूह एक दशमलव ७१ अङ्कले बढेको छ । 

त्यसैगरी उत्पादन तथा प्रशोधन समूह दुई सय ३७ दशमलव चार, लघुवित्त ६८ दशमलव २४, म्युचुअल फन्ड शून्य दशमलव छ, व्यापार एक सय ३१ दशमलव २४ र अन्य समूह ७९ दशमलव ६२ अङ्कले बढेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेस (नेपाल) लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, एनएमबी–५०, सामलिङ्ग पावर कम्पनी लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा शुभम् पावर लिमिटेडको शेयर मूल्य छ दशमलव ८१ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ४९ करोड ९० लाख ७३ हजार नौ सय २० बराबरको आठ लाख ४४ हजार चार सय ७७ कित्ता शेयर किनबेच भएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिले शुक्रबार सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपतिले शुक्रबार सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने
यूएईमा सङ्क्रमित नेपालीको अवस्था स्थिर, अस्ट्रेलियाका भाइरसमुक्त
यूएईमा सङ्क्रमित नेपालीको अवस्था स्थिर, अस्ट्रेलियाका भाइरसमुक्त
विवेकशीलले समानुपातिकमा कुन प्रदेशमा कति मत पायो ?
विवेकशीलले समानुपातिकमा कुन प्रदेशमा कति मत पायो ?
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ?
समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेत घरैबाट पक्राउ
समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेत घरैबाट पक्राउ
यी हुन् जसले गौचनमाथि गोली बर्साए
यी हुन् जसले गौचनमाथि गोली बर्साए
यी दुई सर्वोत्कृष्ट खेलाडी जो ‘गोल्डेन बल’ पाउँदा पनि खुशी हुन सकेनन्
यी दुई सर्वोत्कृष्ट खेलाडी जो ‘गोल्डेन बल’ पाउँदा पनि खुशी हुन सकेनन्

तपाईंले छुटाउनुभयो कि?