चौबीस करोड राजश्व संकलन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
चौबीस करोड राजश्व संकलन

सारांश

  • भीमदत्तनगर, १२ साउन ।
  • कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७३÷७४ मा रु २४ करोड ७७ लाख राजश्व संकलन गरेको छ ।
  • कार्यालयले लक्ष्यभन्दा रु सात करोड ७४ लाख बढी राजश्व संकलन गरेको छ ।

भीमदत्तनगर, १२ साउन । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७३÷७४ मा रु २४ करोड ७७ लाख राजश्व संकलन गरेको छ ।

कार्यालयले लक्ष्यभन्दा रु सात करोड ७४ लाख बढी राजश्व संकलन गरेको छ । सो कार्यालयले गत आवमा रु १७ करोड तीन लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत विकास कुमारले राजश्व संकलनमा वृद्धि हुँदै गइरहेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा भन्सार प्रशासनमा गरिएको सुधारका कारण राजश्व वृद्धि हुँदै गएको उहाँको भनाइ छ । आव २०७२÷७३ मा रु २२ करोड ८६ लाख राजश्व संकलन गरेको थियो ।

गत आवमा लक्ष्यभन्दा १४५ प्रतिशत राजश्व संकलन भएको भन्सार अधिकृत कुमारले राससलाई जानकारी दिनुभयो । यो आव २०७२÷७३ भन्दा नौ प्रतिशत कम हो । भन्सार क्षेत्रमा गरिएको विभिन्न प्रकारका सुधार तथा जनचेतला बढेका कारण राजश्व असुलीमा वृद्धि हुँदै गइरहेको छ ।

तत्कालिन प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको समयमा भन्सार चेकपोष्टमा सिसिटिभी क्यामेरा जडान, भन्सार कार्यालयको आन्तरिक पक्षको सुधारलगायत कार्यले राजश्व संकलनमा सुधार आएको हो । गड्डाचौकी भन्सारबाट दैनिक उपभोग्य सामग्री आयात गरिँदै आएको छ भने यहाँबाट हस्तकलाका सामग्रीका साथै जडीबुडी बढी मात्रामा भारततर्फ निर्यात हुने गरेको छ । खुल्ला सिमानाका र फितलो सुरक्षाका कारण यहाँका विभिन्न नाकाबाट भन्सार छलेर भारतीय सीमावर्ती बजारबाट सामान भित्र्याउने क्रम रोकिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?