धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिए

सारांश

  • काठमाडौ १६,माघ।
  • प्रहरी प्रधान कार्यालयले सिन्धुली,धनुषा, र धादिङ सहितका  ३ जिल्लाका प्रहरी प्रमुख उपरीक्षक परिवर्तन गरेको छ ।
  • धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिएका छन् ।

काठमाडौ १६,माघ। प्रहरी प्रधान कार्यालयले सिन्धुली,धनुषा, र धादिङ सहितका  ३ जिल्लाका प्रहरी प्रमुख उपरीक्षक परिवर्तन गरेको छ । धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिएका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयका अनुसार धनुषाका गोविन्द थपलियालाई प्रहरी परिसर, ललितपुरमा तानेर उनको ठाउँमा ललितपुरका एसपी शेखर खनाललाई खटाइएको छ ।धादिङका एसपी डम्बर विकलाई महाराजगञ्जस्थित शिक्षालयमा पठाइएको छ भने उनको ठाउँमा राजकुमार वैदवारलाई पठाइएको छ ।

त्यस्तै, सिन्धुलीका एसपी रामेश्वर यादवलाई प्रहरी प्रधान कार्यालय, जगेडापुलमा तानेर चक्रबहादुर सिंहलाई उनको ठाउँमा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?