पचास करोडका आठ नदी नियन्त्रण योजना सञ्चालन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
३८ पटक हेरिएको
Shares
पचास करोडका आठ नदी नियन्त्रण योजना सञ्चालन

सारांश

  • म्याग्दी ।
  • सदरमुकाम बेनीमा यस वर्ष कटान र बाढी नियन्त्रण गर्न रु ५० करोड लागतमा आठ योजना सञ्चालन भएका छन् ।
  • कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ ।

म्याग्दी । सदरमुकाम बेनीमा यस वर्ष कटान र बाढी नियन्त्रण गर्न रु ५० करोड लागतमा आठ योजना सञ्चालन भएका छन् ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले यसपाली बेनी र आसपासका क्षेत्रमा करिब रु ५० करोड लागतमा नदी नियन्त्रण योजना कार्यान्वयन भएको जनाएको छ ।

परियोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटानको उच्च जोखिममा रहेको बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न आठ प्याकेजमा काम भइरहेको जानकारी दिए ।

“एक वटा गत वर्षको र सात यस वर्षकामध्ये छ प्याकेजको ठेक्का सम्झौता भएर काम सुरु भइसकेको छ”, उनले भने, “म्याग्दी नदी किनारमा तीन र कालीगण्डकीमा पाँच ठाउँमा कटान नियन्त्रण गर्ने संरचना निर्माण गर्न लागिएको हो ।”

रु नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ । सो ठेक्कामार्फत गत वर्ष कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल निर्माण भएको थियो ।

मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल बनाउन रु पाँच करोड ७७ लाखमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले जानकारी दिए ।

बेनी नगरपालिकाको वडा नं २ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजिट पर्खाल बनाउन रु दुई करोड ३० लाखमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले तीव्रताका साथ काम गरिरहेको छ ।

पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीस्थित कालीगण्डकी किनारमा ८० मिटर पर्खाल बनाउन रु तीन करोड २० लाख लागत अनुमान गरिएकामा ठेक्का सम्झौताको प्रक्रियामा छ । बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटिले रु दुई करोड ६८ लाखमा ठेक्का लिएको छ ।

जलजलाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन रु तीन करोड २० लाखमा ठेक्का लिएको माछापुच्छ्रे« निर्माण सेवाले पनि काम गरिरहेको छ । कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला–२ को राममन्दिरमा पक्की पर्खाल बनाउन माछापुच्छ्र«े निर्माण सेवाले रु चार करोड ३२ लाखमा ठेक्का लिएको छ ।

मङ्गलाघाटका ठेकेदारले केही दिनमा कार्यक्षेत्रमा आउने तयारी गरेको र अन्य ठाउँको ठेक्का लिएका निर्माण कम्पनीले बर्खाअघि नै सम्पन्न गर्ने लक्ष्यसहित मजदुर र उपकरण परिचालन गरिएको जनाएका छन् । रातिको समयमा पनि काम गरिरहेका छन् ।

योजनालाई छिटो, छरितो र गुणस्तरीय बनाउन परियोजनाका प्राविधिकको निगरानीमा काम भइरहेको छ । बेनीका नगर प्रमुख सुरत केसीले नदी नियन्त्रण योजनालाई महत्व र प्राथमिकता दिएर अनुगमन, सहजीकरण र निगरानी गरिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभु साह र रघुविर महासेठ लगायतलाई कारवाही गर्न माग
प्रभु साह र रघुविर महासेठ लगायतलाई कारवाही गर्न माग
कोरियामा रहेका नेपालीबारे सभामुख महराको चासो, कोरिया नेपालको हाइड्रोपावरमा लगानी गर्न इच्छुक
कोरियामा रहेका नेपालीबारे सभामुख महराको चासो, कोरिया नेपालको हाइड्रोपावरमा लगानी गर्न इच्छुक
मन्त्री केशव स्थापितको धुलो हटाउने यस्तो आइडिया
मन्त्री केशव स्थापितको धुलो हटाउने यस्तो आइडिया
टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै
टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल
डेङ्गुबारे सचेतना कार्यक्रम शुरु
डेङ्गुबारे सचेतना कार्यक्रम शुरु
लकडाउनको सम्भावना औल्याउँदै प्रधानमन्त्री ओलीले भनेः वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ
किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचाे
किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचाे
वातावरण सहज भएको प्रतिबद्धता पछि रंगशाला निर्माणमा फर्किए धुर्मुस सुन्तली
वातावरण सहज भएको प्रतिबद्धता पछि रंगशाला निर्माणमा फर्किए धुर्मुस सुन्तली
काठमाडौंमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको चुनाबी एकता!
काठमाडौंमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको चुनाबी एकता!

तपाईंले छुटाउनुभयो कि?