रामचन्द्र पौडेलमाथि ६ आरोपः पार्टीबाट निष्काशनको माग !

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
३९ पटक हेरिएको
Shares
रामचन्द्र पौडेलमाथि ६ आरोपः पार्टीबाट निष्काशनको माग !

सारांश

  • काठमाौं, पुस २४ ।
  • अनुसशासनहिन काम गरेको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट निष्काशन गर्न माग गरिएको छ ।
  • कांग्रेस नेता गोविन्दराज जोशी समूहले नेता पौडेल र तनहुँ कांग्रेस सभापति बैकुण्ठ न्यौपानेलाई पार्टीबाट निष्काशन गर्न माग गरेको हो ।

काठमाौं, पुस २४ । अनुसशासनहिन काम गरेको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट निष्काशन गर्न माग गरिएको छ ।

कांग्रेस नेता गोविन्दराज जोशी समूहले नेता पौडेल र तनहुँ कांग्रेस सभापति बैकुण्ठ न्यौपानेलाई पार्टीबाट निष्काशन गर्न माग गरेको हो ।

तनँहुमा भेला गरी सो समूहले पौडेलसहित जिल्ला सभापतिमाथि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अनुशासनहीन काम गरेको लगायत ६ आरोप लगाएको छ ।

गत निर्वाचनमा पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएकोमा पौडेलले निर्वाचन कार्यालयमा उजुरी दिएर जोशीको उम्मेदवारी रद्द गराइदिएका थिए ।

कारबाहीको प्रस्ताव कांग्रेसका जोशी समूहले कांग्रेस मुख्यालय सानेपाका साथै सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ ।

यस्ता छन् पौडेलमाथि ६ आरोप:-

मिति २०७४/०८/२१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचनमा- नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रामचन्द्र पौडेल र ने.का.तनहुँको पार्टी सभापति बैकुण्ठ न्यौपानेले निम्न बमोजिम नेपाली काङ्ग्रेसको बिधान र नियमावली बिपरित काम गरी पार्टीको अनुशासन उल्लंघन गरेकोले कारबाही गरी पाउँ भनि निम्न ब्यहोराको उजुरी प्रस्तुत गरेका छौं ।

१. यही मिति २०७४/०८/२१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचनमा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं.१ को प्रतिनिधि सभा सदस्य¸ सोही क्षेत्रको प्रदेस सभा १/क को सदस्यमा गोबिन्द भट्टराइ र १/ख को सदस्यमा रघुनाथ पौडेल नेपाली काङ्ग्रेस पार्टीको आधिकारिक उम्मेदवार भै निर्बाचन लड्नु भएकोमा – ने.का.तनहुँको पार्टी सभापति बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नं.१ अन्तर्गतका दुवै प्रदेसका ने.का.का उल्लेखित उम्मेदवारहरुसँग सहकार्य नगरी¸ उहाँहरुलाइ भोट नमागी प्रदेस नं.१/क का बाम गठबन्धनका उम्मेदवार रामबहादुर गुरुङ्ग (एमाले) र १/ख का उम्मेदवार हरिबहादुर चुमान (माओबादी केन्द्र) सँग गोप्यरुपमा आन्तरिक साँठगाँठ र सहकार्य ( Match Fixing ) गरी आफु निकट कार्यकर्ताहरुलाइ बाम गठबन्धनका उल्लेखित उम्मेवारहरुलाइ खुल्लेआम रुपमा भोट दिए दिलाएको तथ्य अहिले सार्बजनिक भएको छ । तर सहमति अनुसार उनीहरुको भोट आफुले नपाएको कारण आफुले हार्नु परेको र सोही सहमतिको कारण नेपाली काङ्ग्रेसका दुवै प्रदेस सभाका उम्मेदवारलाइ हराउनकालागी सक्रिय भुमिका रहेकोले- प्रतिनिधि सभामा स्वयं रामचन्द्र पौडेलका साथै १/क र १/ख दुवै प्रदेसका उम्मेदवारहरु क्रमसः गोबिन्द भट्टराइ र रघुनाथ पौडेल समेतले- निज रामचन्द्र पौडेल र बैकुण्ठ न्यौपानेको दुषित कार्यबाट हार्नु परेको हुँदा उल्लेखित २ जना जिम्मेवार पदाधिकारीले पार्टिलाइ प्रत्यक्षरुपमा नोक्सान पुर्याउने कार्य गर्नु भएको तथ्य तनहुँमा घाम जस्तै छर्लङ्ग छ ।

२. ने.का.तनहुँको पार्टी सभापति बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य तनहुँ क्षेत्र नं.१ को प्रतिनिधी सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नं.२ का प्रतिनिधी सभा सदस्य उम्मेदवार शंकर भण्डारी २/क का उम्मेदवार प्रदिप पौडेल र २/ख का उम्मेदवार ध्रुब वाग्लेसँग सहकार्य नगरी क्षेत्र नं.२ मा एमालेका संघिय उम्मेदवार केदार सिग्देल र क्षेत्र नं.२/क का बाम गठबन्धनका उम्मेदवार आशा कोइराला र २/ख का उम्मेदवार किरण गुरुङ्गसँग सहकार्य गरी प्रदेश नं.२ मा आफु प्रचार प्रसारमा नजाने र उनीहरुले क्षेत्र नं.१ मा आफुलाइ सघाउने शर्तमा सहकार्य र सम्झौता गरे अनुसार आफुहरु क्षेत्र नं.२ को कुनै कार्यक्रमा नगइ ने.का.का माथी उल्लेखित तिनै जना उम्मेदवारको पराजय भएको तथ्य सर्बबिदितै हुनुको साथै स्वयं उम्मेदवारहरुलाइ अनुभुति भएको बिषय हो । यदी ने.का.तनहुँका पार्टी सभापति बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य तनहुँ क्षेत्र नं.१ का प्रतिनिधी सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं.२ अन्तर्गतका रिसिङ्ग¸ साभुङ्ग भगवतीपु र श्याम्घा मात्र गएको भए पनि क्षेत्र नं.२ का सबै उम्मेदवारको बिजयी निश्चित थियो । यसरी आफ्ना प्रतिस्पर्धिहरुसँग अप्राकृतिक गठबन्धन गरी ने.का.का अन्य सबै उम्मेदवारहरुलाइ पराजय गराएको र त्यसबाट उम्किन अन्य ब्यक्तिहरुलाइ पराजयको कारण बनाउने दुष्प्रयास गरेको हुँदा हामी तनहुँ जिल्लाका नेपाली काँग्रेसका कार्यकर्ताहरु सम्माननीय सभापतिज्यू समक्ष तथ्य कुरा प्रष्ट पार्न चाहन्छौं।

३. ने.का.तनहुँको पार्टि सभापति र केन्द्रीय सदस्य रामचन्द्र पौडेलले पार्टीको चुनाव प्रचारकोलागी केन्द्रीय सभापति ज्यू बाट र अन्य ठाउँबाट सहयोग स्वरुप प्राप्त करिब ५ करोड रुपैयाँ पनि आफैले मात्र उपयोग गरी अन्य उम्मेदवारलाइ नदिएकाले पनि निर्बाचनमा पराजय हुनु परेको तथ्य अनुरोध छ । यो पराजयको प्रमुख कारण रामचन्द्र पौडेलको दम्भ आफुमात्र जितेर महानायक बन्ने चाहनाले आज तनहुँ जिल्लाको यो परिस्थिती सृजना भएको छ। यो कलंकबाट बँच्न अहिले उहाँहरु अनेक बाहनाबाजी गरी पराजयको जिम्मेवारी पन्छाउन खोजीएको सुन्दा हामी कार्यकर्ताहरु अचम्मीत भएका छौं । तनहुँ काँग्रेसको पराजयको सम्पुर्ण जिम्मेवारी उहाँहरु दुवै जनाले तत्काल बहन गर्नु पर्छ भन्ने हामीहरुको धारणा ब्यक्त गर्न चाहन्छौं ।

४. नेपाली काँग्रेसको नियमावली २०६८ को नियम ४१(२)(छ) मा- पार्टीको उम्मेदवारको बिरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बिरोध वा प्रचार प्रसार गरेमा पार्टीको अनुशासन उल्लंघन गरेको मानीने र कसैले त्यसरी पार्टीको अनुशासन उल्लंघन गरेमा नेपाली काङ्ग्रेसको नियमावली २०६८ को नियम ४२(२) बमोजिम सो थाहा पाउने ने.का.को जुनसुकै सदस्यले पनि जानकारी सहितको उजुरी गर्न सक्ने नेपाली काँग्रेसको बैधानीक ब्यबस्था रहेकाले तनहुँका तपशिलमा उल्लेखित समेतका हामी पार्टी पदाधिकारी एबं क्रियाशिल सदस्यले निज रामचन्द्र पौडेल र बैकुण्ठ न्यौपानेका उपर यो उजुरी गरेका छौं ।

५. देश भरका आफ्ना पार्टिका उम्मेदवारहरुलाइ जिताउन मद्दत गर्नु पर्ने जिम्मेवारीमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु जित्ने आसयले आफ्नो जिल्ला भित्रका सबै उम्मेदवार माथी घात गरेका र जिल्ला भित्रका ६ वटै उम्मेदवारलाइ जिताउने जिम्मेवारीमा रहेका जिल्ला पार्टि सभापति बैकुण्ठ न्यौपानेले केवल रामचन्द्र पौडेललाइ मात्र जिताउने आन्तरिक तिकडम गर्दा जिल्लाको ६ वटै सिटमा पराजय भोग्न परी नेपाली काँग्रेस पार्टीको हित बिपरित काम गर्ने उल्लेखित दुवै जना (केन्द्रीय सदस्य रामचन्द्र पौडेल र जिल्ला सभापति बैकुण्ठ न्यौपाने ) लाइ नेपाली काग्रेसको बिधान २०१७ को दफा ३४(१)(ख) र ३४(२) बमोजिम पार्टीबाट निष्काशन गरी पाउँ । निष्काशनको निर्णय नभएसम्मकोलागी नेपाली काँग्रेसको नियमावली २०६८ को नियम ४२(६) बमोजिम निजहरुको सदस्यता निलम्बन गरी पार्टीको कुनै पनि गतिबिधिमा सहभागी हुनबाट रोक लगाइ पाउँ ।

६. यसरी पार्टीको जिल्ला सभापतिको नेतृत्वमा नेपाली काँग्रेस पार्टीको हित बिपरित काम भए गरेको हुँदा तनहुँ जिल्ला कार्य समिति बिघटन गरी तदर्थ समिति गठन गरी ६ महिना भित्र नयाँ निर्बाचन गर्ने ब्यबस्था गरी पाउँ ।
जय नेपाल !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?