पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्

सारांश

  • पब्जीको बारेमा धेरै समाचार सार्वजनिक भए ।
  • कतिपय देशमा त यो गेम प्रतिबन्ध नै लगाइएका समाचार पनि आए ।
  • युवाहरु कतिसम्म ‘क्रेजी’ हुन्छन् भन्ने कुरा एउटा नयाँ भिडियो हेरियो भने थाहा पाइन्छ ।

पब्जीको बारेमा धेरै समाचार सार्वजनिक भए । कतिपय देशमा त यो गेम प्रतिबन्ध नै लगाइएका समाचार पनि आए । युवाहरु कतिसम्म ‘क्रेजी’ हुन्छन् भन्ने कुरा एउटा नयाँ भिडियो हेरियो भने थाहा पाइन्छ । जुन भिडियो अहिले टीकटकमा भाइरल नै बनाइएको छ । बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहेको छ । फूलमाला र नयाँ कपडामा बेहुलीको साथमा जग्गेमा बसिरहेको युवक पब्जी खेलिरहँदा बेहुली भने उसैतर्फ हेरेर मौन छन् ।

उक्त भिडियो झण्डै ५ लाख दर्शकले हेरिसकेको देखिन्छ । सामाजिक संजालमा भाइरल बनेको उक्त भिडियो खासगरी टीकटकमा चर्चित छ । फेसबुक र ट्वीटरमा पनि उक्त भिडियोलाई लिएर व्यंग्य गरिएको छ ।

त्यसो त, यही वर्ष दुबईमा एक महिलाले पब्जीमा ब्यस्त आफ्ना श्रीमानलाई गेम खेल्न रोक्न खोज्दा डिभोर्स नै पाएकी थिइन् । भारतमा भने गत महिना मात्रै १६ वर्षे किशोरले पब्जी खोल्न आमाले रोकेपछि आत्महत्या नै गरेको समाचार सार्वजनिक भएको थियो । यस्तैमा पछिल्लो केही दिनयता विवाह मण्डपमै पब्जी खेलिरहेको भिडियोले चर्चा पाएको हो ।

(https://bluejapan.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?