पश्चिमका केही स्थानमा भारी वर्षा हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
४१ पटक हेरिएको
Shares
पश्चिमका केही स्थानमा भारी वर्षा हुने

सारांश

  • काठमाडौँ, ३० असार ,अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज र भोलि (आइतबार) देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो ।
  • आज दिउँसो देशभरि नै सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा र पश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ ।

काठमाडौँ, ३० असार ,अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज र भोलि (आइतबार) देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो ।

आज दिउँसो देशभरि नै सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा र पश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ । त्यसैगरी, राति पनि देशभर नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि (आइतबार) दिउँसोको समयमा देशभरि नै बदली रही देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने मध्य र पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ ।

असार ३२ गते देशभरि नै बदली रही देशको मध्य र पश्चिमी भूभागका साथै पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज ओखलढुङ्गामा ४६, ताप्लेजुङमा २६, पोखरामा १२, जुम्लामा ११, धनकुटामा छ, डडेल्धुरामा चार र दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १.२ मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम तापक्रम ३०.५ र न्यूनतम ताफक्रम २०.८ डिग्री सेल्सियस रहेको छ ।

महाशाखाले मनसुन सक्रिय भएसँगै करीब दुई सातादेखि दैनिकजसो मनसुन पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आएको छ । मनसुनी वर्षा अझै केही दिन जारी रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एटिएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ
एटिएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ
रु ३९ लाखमा झोलुङ्गे पुल बन्यो
जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने
जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने
भीम रावललाई मन्त्री बनाउन केपी ओलीले नाटक गरे : डा. केसी (भिडियो)
भीम रावललाई मन्त्री बनाउन केपी ओलीले नाटक गरे : डा. केसी (भिडियो)
फेसबुक चलाउने ‘८ करोडभन्दा बढीको विवरण दुरुपयोग’
फेसबुक चलाउने ‘८ करोडभन्दा बढीको विवरण दुरुपयोग’
सत्तारुढ कांग्रेस–माओवादीले तालमेल प्रदेश २ मा एमाले एक्लै भिड्दै,प्रचार अभियान तीब्र;
सत्तारुढ कांग्रेस–माओवादीले तालमेल प्रदेश २ मा एमाले एक्लै भिड्दै,प्रचार अभियान तीब्र;
राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न……
राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न……
सुशील कोइराला फाउण्डेशन भवन निर्माण हुने
सुशील कोइराला फाउण्डेशन भवन निर्माण हुने
उच्च शिक्षामा समान अवसर ‘विश्वविद्यालयहरूमा १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य, नियम मिचे कारबाही’
उच्च शिक्षामा समान अवसर ‘विश्वविद्यालयहरूमा १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य, नियम मिचे कारबाही’
प्रचण्डको सभामा  बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।