खुसीको खबर’ कोरोना संक्रमितभन्दा डिस्चार्ज हुने बढी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २१, २०७७
|
|
२३ पटक हेरिएको
Shares
खुसीको खबर’ कोरोना संक्रमितभन्दा डिस्चार्ज हुने बढी

सारांश

  • काठमाडौं, असार २१ ।
  • पछिल्ला ४ दिनको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी देखिएको छ।
  • पछिल्ला ४ दिनमा ३ हजार २ सय २१ डिस्चार्ज भएका छन्।

काठमाडौं, असार २१ । पछिल्ला ४ दिनको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी देखिएको छ। पछिल्ला ४ दिनमा ३ हजार २ सय २१ डिस्चार्ज भएका छन्। शनिबार २ सय ७२ जना डिस्चार्ज भएका छन् भने शुक्रबार ८ सय २३ जना, बिहीबार ६ सय ६४ जना र बुधबार १ हजार ४सय ६२ जना गरी ३ हजार २ सय २१ जना डिस्चार्ज भएका हुन्।

यस्तै, पछिल्ला ४ दिनमा १ हजार ४ सय २७ जना संक्रमित थपिएका छन्। बुधबार चार सय ८२ जना, बिहीबार ४ सय ६५ जना र शुक्रबार ७ सय ४० जना थपिएका थिए। शनिबार २ सय ३२ जना थपिएसँगै जम्मा संक्रमितको संख्या १५ हजार ४ सय १९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखा पालुङटारका १ जना र रूपन्देहीका एक जनाको कारोनाका कारण मृत्यु भएको हो। मन्त्रालय प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार–७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो। उनी असार १७ गते कतारबाट आएका थिए। कतारबाट फर्केलगत्तै पालुङटारकै क्वारेन्टिनमा बसेका थिए। १८ गते स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा शुक्रबार पोजेटिभ देखिएको थियो। उनी मधुमेहका दिर्घरोगी रहेको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो।

त्यस्तै रूपन्देही देवदहका ७५ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको उनले बताए। उनी क्षयरोगका बिरामी थिए। त्रिवि शिक्षण अस्पतालमा उनी उपचाररत थिए। उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो। सोही दिन मात्रै उनमा कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?