परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
४१ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?

सारांश

  • काठमाडौँ ।
  • परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • उनीसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरूले छुट्टाछुट्टै भेट गर्नुभएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरूले छुट्टाछुट्टै भेट गर्नुभएको मन्त्रालयले जनाएको छ ।

मन्त्री पौड्यालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापलरले गरेको भेटमा नेपालमा स्वीस् विकास कोअपरेशनअन्तर्गत सञ्चालित कार्यक्रमका साथै दुई देशबीचको सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो ।

यसैगरी मन्त्री पौड्यालसँग आजै नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले पनि शिष्टाचार भेटवार्ता गरेका थिए । उनीहरूबीचको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा सहकार्य र सहयोगबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अप्डेट टाईम : १० : 00 बजे , भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम !
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन; मुख्यमन्त्री शाही (भिडिओसहित)
मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन; मुख्यमन्त्री शाही (भिडिओसहित)
माधव कुमार नेपाल पक्षका दुई जना नेता मन्त्री पाे !
माधव कुमार नेपाल पक्षका दुई जना नेता मन्त्री पाे !
राणा शासनदेखि अहिलेसम्म १२४ सहिद (सूची): ०४६ को आन्दोलनमा सहिद घोषणा गरिएन
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
विश्वकप पराजित पछि यस्ताे ठाउँमा भेटिए मेस्सी
विश्वकप पराजित पछि यस्ताे ठाउँमा भेटिए मेस्सी
महोत्तरीका २३२ मतदानस्थल संवेदनशील, सुरक्षा कडा बनाइयो
एमालेले मधेशमा टाउको उठाउन नसक्ने गरी पराजित हुने निधिको दावी
एमालेले मधेशमा टाउको उठाउन नसक्ने गरी पराजित हुने निधिको दावी
डेढ दशकदेखि बाढीपीडितको जङ्गलमै बास
डेढ दशकदेखि बाढीपीडितको जङ्गलमै बास