प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे : मन्त्री साह

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २५, २०७७
|
|
२१ पटक हेरिएको
Shares
प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे : मन्त्री साह

सारांश

  • शहरी विकास मन्त्री प्रभु साहले जनताबाट निर्वाचित सांसदको पद खोसेर प्रचण्डले मतदाताको अपमान गर्ने अपराध गरेको बताएका छन् ।
  • मङ्गलबार प्रचण्डले मन्त्री साहसहित ४ जना सांसदलाई पदमुक्त गरेपछि प्रतिक्रिया जनाउदै मन्त्री साहले चुनाव जिताउन केही योगदान नगरेको प्रचण्डले आफुलाई पदमुक्त गर्न कुनै पनि नैतिकताले नमिल्ने बताए ।
  • तीन पटक चुनाव जित्दासमेत आफ्नो चुनावमा कहिले पनि प्रचण्डको उपस्थिति, घोषणापत्र वा पोस्टर केहि पनि प्रयोग नगरेको बताउदै मन्त्री साहले आफ्नो व्यक्तित्व र मतदाताको विश्वासको बलमा चुनाव जितेको जनप्रतिनिधिलाई हटाउने प्रचण्डको कदमले जनताको मत र लोकतन्त्रको अपमान भएको जीकिर गरे ।

शहरी विकास मन्त्री प्रभु साहले जनताबाट निर्वाचित सांसदको पद खोसेर प्रचण्डले मतदाताको अपमान गर्ने अपराध गरेको बताएका छन् । मङ्गलबार प्रचण्डले मन्त्री साहसहित ४ जना सांसदलाई पदमुक्त गरेपछि प्रतिक्रिया जनाउदै मन्त्री साहले चुनाव जिताउन केही योगदान नगरेको प्रचण्डले आफुलाई पदमुक्त गर्न कुनै पनि नैतिकताले नमिल्ने बताए ।

तीन पटक चुनाव जित्दासमेत आफ्नो चुनावमा कहिले पनि प्रचण्डको उपस्थिति, घोषणापत्र वा पोस्टर केहि पनि प्रयोग नगरेको बताउदै मन्त्री साहले आफ्नो व्यक्तित्व र मतदाताको विश्वासको बलमा चुनाव जितेको जनप्रतिनिधिलाई हटाउने प्रचण्डको कदमले जनताको मत र लोकतन्त्रको अपमान भएको जीकिर गरे ।

“मैले अहिलेसम्म तीन पटक चुनाव जितेको छु । कुनै पनि चुनावमा न त प्रचण्डलाई आफ्नो क्षेत्रमा लगेँ, न त प्रचण्डको घोषणा पत्र न त पोस्टर नै प्रयोग गरेको हुँ । आफ्नो व्यक्तित्व र जनताको विश्वासले चुनाव जितेको छु । आफु एक मत पनि बढाउन नसक्ने प्रचण्डहरुले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्ने कुन नैतिकताले दिन्छ ?” मन्त्री साहले भने, “जनताको मतादेशको कदर गर्न नसक्नेले लोकतन्त्र, विधि र पद्दतिको कुरा गर्न सुहाँदैन । प्रचण्डको यो कदमले मेरो मतदाताको अपमान भएको छ, यो ठूलो अपराध हो ।”

आफुलाई मत दिने रौतहट क्षेत्र नम्बर ३ का एक जना मतदाता पनि आफुबाट नाखुस नभएको मन्त्री साहले बताए । आफ्नो प्रभावले एक मत पनि बढाउन नसक्ने प्रचण्ड हजारौँ मतदाताको साथबाट निर्वाचित सांसद पदको मालिक हुन खोजनु हास्यास्पद रहेको मन्त्री साहको जीकिर छ । सांसद पदबाट हटाउने प्रचण्डको कदम निरंकुताको पराकाष्टा भएको मन्त्री साहको भनाई छ । जनमतको अपमान गर्ने प्रचण्डलाई चुनावमार्फत आफ्नो असली हैसियत देखाउनसमेत मन्त्री साहले चुनौती दिए । चुनावको नामबाट मात्र आफु आतंकित हुने प्रचण्डहरुले छलछाम र कानुनी षड्यन्त्रको बलमा नभई प्रत्यक्ष चुनावमा सहभागी भए प्रचण्डको हैसियत थाहा हुने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भौतिक पूर्वाधार र यातायात सुधारका लागि उच्चस्तरीय  कार्यदल गठन
भौतिक पूर्वाधार र यातायात सुधारका लागि उच्चस्तरीय कार्यदल गठन
सांसदलाई यस्तो तोकियो ड्रेस : महिलालाई कोट, पुरुषलाई टोपी
सांसदलाई यस्तो तोकियो ड्रेस : महिलालाई कोट, पुरुषलाई टोपी
तोकिएकै समयमा चुनाव हुन्छः प्रधानमन्त्री देउवा
तोकिएकै समयमा चुनाव हुन्छः प्रधानमन्त्री देउवा
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
मंगलबार सुनको मूल्य प्रतितोला ११ सयले बृद्धि
मंगलबार सुनको मूल्य प्रतितोला ११ सयले बृद्धि
लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण,
लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण,
What $325 Purchases You In Legit -mail Order Wedding brides on bridesingles. com
प्रकाशलाई सच्चा श्रद्धाञ्जली दिन देशका लागि राम्रो गरौँ: प्रधानमन्त्री
प्रकाशलाई सच्चा श्रद्धाञ्जली दिन देशका लागि राम्रो गरौँ: प्रधानमन्त्री
यी नायिका यस्ता पाँच पुरुषलाई अपहरण गरेर विवाह गर्न चाहन्छिन्
यी नायिका यस्ता पाँच पुरुषलाई अपहरण गरेर विवाह गर्न चाहन्छिन्
भूकम्पपीडितका पुनःनिर्माणका लागि भू–स्वामित्व भएन
भूकम्पपीडितका पुनःनिर्माणका लागि भू–स्वामित्व भएन

तपाईंले छुटाउनुभयो कि?