पल शाह रिहा नहुने, उच्च अदालतद्वारा थुनामै राख्ने आदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २०, २०७९
|
|
२० पटक हेरिएको
Shares
पल शाह रिहा नहुने, उच्च अदालतद्वारा थुनामै राख्ने आदेश

सारांश

  • काठमाडौं।
  • नाबालिकमाथि जर्बजस्ती करणीको अभियोगमा थुनामा रहेका चलचित्र नायक पल शाहको साधारण तारेखमा रिहा गर्नुपर्ने निवेदन अस्वीकृत भएको छ ।
  • उच्च अदालत पोखराले उनलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो ।

काठमाडौं। नाबालिकमाथि जर्बजस्ती करणीको अभियोगमा थुनामा रहेका चलचित्र नायक पल शाहको साधारण तारेखमा रिहा गर्नुपर्ने निवेदन अस्वीकृत भएको छ । उच्च अदालत पोखराले उनलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो ।

न्यायाधीशद्वया उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेशलाई सदर गर्ने फैसला सुनाएको हो । फैसलापछि पल शाहले थुनामै रहेर जर्बजस्ती करणीको अभियोगको सामना गर्नुपर्ने भएको छ ।

पल शाहलाई जिल्ला अदालत तनहुँले कारागार चलान गर्ने आदेश दिएकोमा उच्च अदालत पोखरामा निवेदन दिएका थिए । साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनका पक्षकाले निवेदन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?