सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल ,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न साँस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन् ।
- काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल ,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न साँस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन् ।
काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।
नेपाल यतिबेला आर्थिक सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । “समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “ प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरु विदेशी पर्यटकको आकर्षण गर्ने कडी बन्न सक्छन् । त्यस पक्षलाई पनि आत्मसात गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु ।”
प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई साँस्कृतिक पर्वका रुपमा संरक्षण गरिएको बताएका छन् । “ इन्द्रजात्राका बारेमा वाल्मीकि रामायण, महाभारत, हरिबंश पुराण, कालिका पुराण, विष्णु धर्माेत्तर पुराण, बृहत संहिता, भविष्य पुराण र संस्कृत भाषाका महाकवि कालिदासको रघुबंशमा पनि उल्लेख हुनुले यसको पौराणिकता पुष्टि हुन्छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “ पौराणिक कालदेखि निरन्तर कायम रहँदै आएका यस्ता सांस्कृतिक पर्वहरुको जगेर्ना हुनुुलाई हामीले नेपालको सांस्कृतिक सवलताका रुपमा लिनुपर्छ । ”
| Virus-free. www.avast.com |
प्रतिक्रिया