धमाधम पुल बन्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २, २०८०
|
|
२९ पटक हेरिएको
Shares
धमाधम पुल बन्दै

सारांश

  • ढोरपाटन ।
  • राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ ।
  • विसं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको निर्माण व्यवासायी कम्पनी राजेश्वरी कन्स्ट्रक्सनले पछिल्लो समय कामलाई तीव्रता दिएको हो ।

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ ।

विसं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको निर्माण व्यवासायी कम्पनी राजेश्वरी कन्स्ट्रक्सनले पछिल्लो समय कामलाई तीव्रता दिएको हो । विसं २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चौडीखोलामा रहेको बेली ब्रिज नेपाली सेनाले नहटाउँदा काम ढिलो सुरु भएको थियो । निर्माण कम्पनीले सम्झौता गरेको करिब एक वर्षपछि मात्र काम थालेको सुपरभाइजर केशव सुवेदीले बताए ।

अहिले ११ मिटर चौडाइ र ३५ मिटर लम्बाइ रहेको पुल ढलान गर्ने तयारी गरिएको छ । हालसम्म चौडीखोलामा ग्याबिन भर्नेलगायत करिब ४० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । पुल रु तीन करोड ८० लाख ५४ हजार लागतमा निर्माण थालिएको हो । पुल निर्माण थालिएसँगै नेपाल, भारत र चीन जोड्ने रेशमी मार्गको रुपमा रहेको कालीगण्डकी करिडोरमा यात्रा गर्न सहज हुनेछ ।

कालीगण्डकी करिडोर जैमिनी खण्डमा पर्नेे पालुङखोला, लौवाखोला र जैमिनी घाटमा पुल निर्माणको लागि प्रक्रिया अघि बढाउने तयारी थालिएको छ । पुल समयमै निर्माण नहुँदा जैमिनी नगरपालिका–७ र ८ का स्थानीयसहित कोरिडोरमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नुपरेको उपप्रमुख हरिहर शर्माले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब काठमाडौँ प्रशासनको सेवामा ‘समय कार्ड’
अब काठमाडौँ प्रशासनको सेवामा ‘समय कार्ड’
सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन बनाउने
सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन बनाउने
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो
फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो
कोरोना कहरः भक्तपुरमा घरबाहिर निस्कन निषेध
कोरोना कहरः भक्तपुरमा घरबाहिर निस्कन निषेध
गोरु काट्दै गरेको अवस्थामा सुनसरीबाट बावु-छोरा पक्राउ
गोरु काट्दै गरेको अवस्थामा सुनसरीबाट बावु-छोरा पक्राउ
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
धान उत्पादनमा कमी हुँदा किसान चिन्तित
धान उत्पादनमा कमी हुँदा किसान चिन्तित
आज बडादशैको छैठौ दिन, कात्यायनी देवीको पूजा गरिदै
आज बडादशैको छैठौ दिन, कात्यायनी देवीको पूजा गरिदै

तपाईंले छुटाउनुभयो कि?