रोल्पाको पछिल्लो मत परिणाम , वर्षमानको अवस्था यस्तो छ !
सारांश
- अहिलेसम्मको मत परिणाम अनुसार रोल्पामा वामगठबन्धन निकै बलियो देखिएको छ ।
- १६ हजार ५ सय ६१ मत गन्दा प्रतिनिधिसभामा वाम गठबन्धनका वर्षमान पुनमगर ‘अनन्त’ कांग्रेस उम्मेदवार अमरसिंह पुनको मत परिणामभन्दा झण्डै दोब्बर बढि मतले अगाडि छन् ।
- माओवादीका वर्षमानले ५ हजार ५१ प्राप्त गरेका छन् ।
अहिलेसम्मको मत परिणाम अनुसार रोल्पामा वामगठबन्धन निकै बलियो देखिएको छ । १६ हजार ५ सय ६१ मत गन्दा प्रतिनिधिसभामा वाम गठबन्धनका वर्षमान पुनमगर ‘अनन्त’ कांग्रेस उम्मेदवार अमरसिंह पुनको मत परिणामभन्दा झण्डै दोब्बर बढि मतले अगाडि छन् ।
माओवादीका वर्षमानले ५ हजार ५१ प्राप्त गरेका छन् । कांग्रेसका अमरसिंह पुनले २ हजार ६ सय ४९ मत प्राप्त गरेका छन् । रोल्पा प्रदेशसभाको दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायम छ ।
रोल्पामा निर्वाचनमा भाग लिएका पार्टीहरुको पछिल्लो अवस्था यस्तो छ । शुक्रबार बिहान पौने ७ बजे सार्वजनिक गरिएको मतपरिणामको नतिजाः
रोल्पा कुल गणनाः १७८०३
सदर मतः १६५६१
बदर मतः १२३९
रोल्पा प्रतिनिधिसभा ८८३५ गणनामा ८१४९ सदर
अमरसिंह पुन (रुख) २६४९
वर्षमान पुन (गोलाकाभित्रको हसियाहथौडा (वर्षमान पुन) ५०५१
साउने बुढा (हातले समातेको मसाल) ५९
मेखबहादुर विष्ट (गिलास) १०५
पुजा परियार (घर) २३
रामबहादुर वली क्षेत्री (आयातकारभित्रको हलो) १६१
सरोज घर्तीमगर (कुखुराको भाले) ७८
कुमार शाह (मुठ्ठी) २३
प्रदेशसभा रोल्पा ‘क’ ३९४३ गणनामा ३६५६ सदर
शेरबहादुर महरा (रुख) १४९७
कुलप्रसाद केसी (गोलाकारभित्रको हसियाहथौडा १८९४
वीरसिंह ठकुरी (गोलाकारभित्रको हलो) ७५
खत घर्तीमगर (हातले समातेको मसाल) २१
बुद्धीबहादुर रावत (गिलास) ६८
दलवीर पुन (आयातकारभित्रको हलो) ५३
लालमन घर्तीमगर (कुखुराको भाले) ४०
टिकामन बुढामगर (मुठ्ठी) ८
प्रदेशसभा रोल्पा ‘ख’ ५०२५ गणनामा ४७५९ सदर
खगेन्द्र प्रकाश हमाल (रुख) ८६१
दिपेन्द्र कुमार पुन (गोलाकारभित्रको हसियाहथौडा) ३७११
धनबहादुर डाँगी क्षेत्री (गिलास) १२५
थीरबहादुर डाँगी क्षेत्री (आयातकारभित्रको हलो) ३०
मोतीराम पुन (मुठ्ठी) ३२
प्रतिक्रिया