सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
४८ पटक हेरिएको
Shares
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै

सारांश

  • पाँचथर – केही दिनअघि जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली भारतसँग सीमा जोडिएको तिम्बुपोखरीदेखि फालोटसम्म सीमास्तम्भको अवस्थाबारे स्थलगत अवलोकन गरेर फर्कियो ।
  • त्यस क्रममा प्रहरी टोलीले केही सीमास्तम्भ हराएको पायो।
  • १० दिन लगाएर फागुनको दोस्रो साता सो क्षेत्रका सीमास्तम्भको अध्ययन गरिएको सूचना अधिकृत प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए।

पाँचथर – केही दिनअघि जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली भारतसँग सीमा जोडिएको तिम्बुपोखरीदेखि फालोटसम्म सीमास्तम्भको अवस्थाबारे स्थलगत अवलोकन गरेर फर्कियो । त्यस क्रममा प्रहरी टोलीले केही सीमास्तम्भ हराएको पायो।

१० दिन लगाएर फागुनको दोस्रो साता सो क्षेत्रका सीमास्तम्भको अध्ययन गरिएको सूचना अधिकृत प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए। हराएका सीमास्तम्भमध्ये तीनवटाको डोब भेटिएको उनले बताए। ताप्लेजुङसँग सीमा जोडिएको ३५ नम्बर स्तम्भदेखि प्रहरी टोलीले अवलोकन थालेको थियो। भएका मध्ये केही स्तम्भको अवस्था कमजोर छ। फालोटदेखि इलामको सिमानासम्मका सीमास्तम्भको विस्तृत विवरण आउन बाँकी रहेको छ। यस क्षेत्रमा ४५.२ किलोमिटर सीमाक्षेत्र पर्छ। यहाँ जग्गे, मझौला र साना गरी एक सय १७ पिलर रहेकामा केही पिलर हराएका हुन्।

सम्बन्धित क्षेत्रका प्रहरीचौकीले प्रारम्भिक जानकारी लिँदा फालोटदेखि सन्दकपुरसम्मका ६८  मध्ये १९ सीमास्तम्भ भेटिएका छैनन्। यसको विस्तृत अध्ययन हुन बाँकी छ । यसअघि विस्तृत रुपमा अवलोकन गरिएका भन्दा बाहेक क्षेत्रको केही दिनमै स्थलगत अनुगमन गर्ने तयारी भएको बस्नेतले बताए।

सुरक्षाकर्मी नहुँदा चोरी निकासी मौलायो
सीमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्य छ। यसैको फाइदा उठाउँदै चोरी निकासी मौलाएको छ। महत्वपूर्ण जडीबुटी र रेडपान्डाजस्ता बन्यजन्तुको चोरी निकासी भइरहेको छ। बन कार्यालयको समेत ध्यान सीमाक्षेत्रमा पुग्न सकेको छैन। यस क्षेत्रमा सतुवा, बिख, बिख्मा, पाखनवेद, पाँचऔंले, टुड्की, टिमुर, जटामसी, लौठसल्ला, बन लसुन, केन्जो, चिम्फिङलगायतका जडीबुटी पाइन्छन्।

सीमाक्षेत्रमा नेपालतर्फ उजाड बन्दै गएको छ। नेपालतर्फको वनक्षेत्र मासिँदैछ। भारततर्फ भने सिंहलीला नेसनल पार्क बनाएर संरक्षण गरिएको छ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?