पाँच वर्षमा पहिलो पटक आईएस नाइके भिडिओमा देखा परे, श्रीलंका घटनाको जिम्मेवारी लिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
पाँच वर्षमा पहिलो पटक आईएस नाइके भिडिओमा देखा परे, श्रीलंका घटनाको जिम्मेवारी लिए

सारांश

  • पाँच वर्षपछि पहिलो पटक इस्लामिक स्टेट आईएस विद्रोही समूहले उसको नाइके अबु बकर अल बग्दादी बोलेको भिडिओ सार्वजनिक गरेपछि अमेरिकाले सो समूहलाई निमिट्यान्न पारिदिने प्रतिबद्धता दोर्होयाएको छ ।
  • अमेरिकी अधिकारीहरूले सो भिडिओ सन्देशको सत्यताबारे जाँच भइरहेको बताएका छन् ।
  • सिरिया र इराकमा उक्त समूहले आफ्नो नियन्त्रणमा रहेको भूभाग गुमाए पनि आईएस विरुद्धको लडाइँ नसिद्धिएको प्रस्ट भएको अमेरिकी विदेश मन्त्रालयले बताएको छ ।

पाँच वर्षपछि पहिलो पटक इस्लामिक स्टेट आईएस विद्रोही समूहले उसको नाइके अबु बकर अल बग्दादी बोलेको भिडिओ सार्वजनिक गरेपछि अमेरिकाले सो समूहलाई निमिट्यान्न पारिदिने प्रतिबद्धता दोर्होयाएको छ ।

अमेरिकी अधिकारीहरूले सो भिडिओ सन्देशको सत्यताबारे जाँच भइरहेको बताएका छन् ।

सिरिया र इराकमा उक्त समूहले आफ्नो नियन्त्रणमा रहेको भूभाग गुमाए पनि आईएस विरुद्धको लडाइँ नसिद्धिएको प्रस्ट भएको अमेरिकी विदेश मन्त्रालयले बताएको छ ।

सो भिडिओमा अल बग्दादी भनि चिनाइएको व्यक्तिले सिरियामा मारिएकाहरूको बदलास्वरूप आफूहरूले आठ देशमा दर्जनौँ आक्रमण गरेको बताएका छन् ।
श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनको जिम्मा लिँदै ती व्यक्तिले अझ लामो सङ्घर्ष जारी रहेको बताए ।

यस अघि सन् २०१४ मा इराकी सहर मोसुलमा क्यालिफेट घोषणा गर्ने क्रममा बग्दादी देखिएका थिए ।

बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरलाई के भिडिओमा देखिएका व्यक्ति अल बग्दादी नै हुन् भनेर सोध्दा उनको जबाफ थियो, “ती व्यक्ति बग्दादी होइन रहेछन् भने मलाई अचम्म लाग्नेछ। यदि झुटो हो भने ती दुरुस्त बग्दादीजस्तै देखिने व्यक्ति हुनुपर्छ। जे होस् भिडिओमा बग्दादी नै जस्तो देखिन्छ र सुनिन्छ ।

अमेरिकाले चाहिँ सन् २०१७ मा भएको एक आक्रमणमा उनी गम्भीर घाइते भएको र उनलाई महिनौँसम्म युद्धभूमिबाट पर लगिएको बताएको थियो ।

तर भिडिओमा स्वस्थजस्तो देखिने बगदादीलाई देखेपछि त्यसले आईएसका समर्थकहरूलाई प्रोत्साहन मिल्न सक्ने डर रहेको गार्डनरले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?