पित पत्रकारितामा अपराध संहिता लागु हुन्छ: महेश वस्नेत

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
५३ पटक हेरिएको
Shares
पित पत्रकारितामा अपराध संहिता लागु हुन्छ: महेश वस्नेत

सारांश

  • भक्तपुर, ४ भदाै ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐन असक्षम, अयोग्य डाक्टर तथा अराजक प्रकृत्तिका मिडियाकर्मी विरुद्ध मात्र वाधक भएको बताएका छन् ।
  • साेमबार भक्तपुरमा अनन्त सन्देश राष्ट्रिय साप्ताहिकको दोस्रो वार्षिकोत्सवको अवसरमा वोल्दै सांसद वस्नेतले राष्ट्र र राष्ट्रियताको पक्षमा वकालत गर्ने कुनै पनि पत्रकार तथा मिडियालाई सरकारले हस्तक्षेप नगरेको भन्दै पित पत्रकारितामा अपराध संहिता लागु हुने वताएका छन् ।

भक्तपुर, ४ भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐन असक्षम, अयोग्य डाक्टर तथा अराजक प्रकृत्तिका मिडियाकर्मी विरुद्ध मात्र वाधक भएको बताएका छन् ।साेमबार भक्तपुरमा अनन्त सन्देश राष्ट्रिय साप्ताहिकको दोस्रो वार्षिकोत्सवको अवसरमा वोल्दै सांसद वस्नेतले राष्ट्र र राष्ट्रियताको पक्षमा वकालत गर्ने कुनै पनि पत्रकार तथा मिडियालाई सरकारले हस्तक्षेप नगरेको भन्दै पित पत्रकारितामा अपराध संहिता लागु हुने वताएका छन् ।

कार्यक्रममा वोल्दै सांसद वस्नेतले भने ‘कुनै पनि विरामीको दायाँ खुट्टामा समस्या छ भने वाँया खुट्टामा अप्रेशन गर्ने र उसको ज्यानको समेत प्रश्न चिन्ह खडा गर्ने डाक्टरलाई कारवाी गर्ने की नगर्ने रु’ भनि प्रश्न समेत गरेका छन् । गलत नियत तथा गलत प्रवृत्ति गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने र त्यस्ता प्रकारका व्यक्तिलाई कानुनले अव नछोड्ने बताए । त्यस्तै राजनैतिक आग्रह र पूर्वाग्रहको भरमा नेपाल चिकित्सा संघले आन्दोलनको घोषणा गर्ने गरेको भन्दै कसैको आग्रह र पूर्वाग्रहमा नलाग्न आग्रह गर्दै आग्रहकै भरमा आन्दोलन गरे उसको अस्तित्व समाप्त हुने दावि गरेका छन् ।

कृषि, जल, पर्यटन, उद्योग लगायतका क्षेत्रलाई वर्तमान सरकारले प्रमुख प्राथमिकता दिएको भन्दै सांसद वस्नेतले कृषिलाई आधुनिकिकरण गरी आगामी दुई वर्षमा ५० प्रतिशत आत्मानिर्भर वनाउने दावि गरेका छन् । त्यस्तै सांसद वस्नेतले अर्थहिन रुपमा पछिल्लो समय करको आतंक फैलाएको वताएका छन् । कुनै पनि स्थानीय सरकारले अनावश्यक कर नलगाएको बताउँदै एउटा स्वतन्त्र व्यक्तिलाई विग हाउसेहरुले अधिपत्य जमाएको र उनिहरुको मिसनका आधारमा नै अघि वढाएको बताउँदै सञ्चारकर्मीहरुलाई स्वतन्त्र तथा निष्पक्ष हुन आग्रह गरेका छन् । सांसद वस्नेतले लाभासं कर, भन्सार कर वाहेक कुनै पनि कर नवढाएको बताउँदै यदि कहि कतै वढेको पाइएमा छानविन गरी कारवाही हुने समेत वताएका छन् ।

सांसद वस्नेतले दलाल तथा पूँजीपति वर्गको रुपमा सेयर वजार विकास हुँदै गएको र त्यसलाई अन्त्य गर्न नेपाल सरकारले उद्योगको रुपमा विकास र विस्तार गर्ने योजनाका साथ अघि वढिरहेको जानकारी दिएका छन् । त्यस्तै पछिल्लो समय केही नाम चलेका मिडिया तथा राजनैतिक दलहरुले सरकारलाई गिराउन विभिन्न वहानामा अनौतिक रुपमा प्रचारवाजीमा आउनको निम्ती कहिले करको अनावश्यक आतंक फैलाउने, कहिले डा। गोविन्द केसीको मागका नाममा त कहिले अधिनायकवादको नाममा, कहिले न्यायधिस दिपक जोशीको नाममा अनेकथरीका स्याल हुईया मात्र गर्ने गरेको वताएका छन् ।

त्यस्तै कार्यक्रममा वोल्दै प्रदेश नं३ का सांसद शसि जंग थापाले ज्ञान, वृद्धि तथा राष्ट्रलाई अग्रणी भुमिकामा राख्नको लागि मिडियाको महत्वपूर्ण भुमिका रहेको भन्दै भक्तपुरमा विकास नचाहने पार्टी जसले आफ्नो राजनैतिक विरासता थाम्नको निम्ती भक्तपुरको विकासलाई स्थानिय ठाउँदेखि सदनसम्म विरोध गर्ने गरेको वताए । उनले जतिसुकै विरोध गरेता पनि भक्तपुरको विकासलाई कसैले छेक्न नसक्ने भन्दै भक्तपुरलाई प्रदेश नं। ३ को राजधानी बनाउन हरदम प्रयास भइरहेको बताए ।
त्यस्तै प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले मिडियाकर्मी व्यक्ति, घटना परक भन्दा पनि विचारपरक हुनुपर्ने वताएका छन् । उनले मिडियाकर्मी अन्योल र अस्पष्ट हुनु नहुने भन्दै केहि तत्वहरु संघियता र सरकारमाथि चरणवद्ध रुपमा हमलामा लागेको वताएका छन् ।

त्यस्तै पूर्व सांसद केदार सञ्जेलले सम्पूर्ण व्यक्ति, संस्था तथा सरोकारवालासंग समन्वय, सहकार्य गरी सत्य तथ्य समाचार संप्रेसण गर्न मिडिया कर्मीलाई आग्रह गरे ।कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले सत्य तथ्य समचार संप्रेसण पत्रकारको धर्म भएको भन्दै कुनै राजनैतिक दलको भरमा नलाग्न आग्रह गरे । उनले राजनैतिक दलको पूर्वाग्रको भरमा सकरात्मक कुरालाई लुकाई नकरात्मक समाचार संप्रेषण गर्ने प्रवृक्ति हावी हुँदै गएकोले यसलाई रोक्नुपर्ने वताए।

त्यस्तै सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले करको वारेमा कुनैपनि समस्या नरहेको तथा नवढाएको बताउँदै नगरपालिकाले १३ वटा कार्यगर्दा निशुल्क गर्ने गरेको समेत जानकारी दिए । उनले जनतावाट निर्वाचित भएको र जनताको सेवामा नै समय खर्चिने भन्दै नगरवासीलाई हल्लाका भरमा नलाग्न आग्रह गरे । त्यस्तै उनले नगरपालिकाको राम्रो कार्यलाई साथ दिन मिडियाकर्मीलाई आग्रह समेत गरे ।

त्यस्तै कार्यक्रममा वोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शोम शर्मा वजगाईले सत्य, तथ्य तथा खोजमुलक पत्रकारीता गर्नु पर्ने भन्दै सञ्चारकर्मीहरु देशको समृद्धि हासिल गर्नको लागि विकृति र विसंगतीको विरुद्धको अन्त्य गर्न आ–आफ्नो तह र तप्कावाट लाग्नुपर्ने बताएका छन् ।
त्यस्तै पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्कर वुढाथोकीले भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनले स्वतन्त्र पत्रकारको अधिकारलाई कुण्ठित गरेको भन्दै त्यसलाई तत्काल संशोधन गर्न आग्रह गरेका छन् ।

(greenspringsschool.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिकार बाँडफाँटमा सङ्कुचित हुनुहुँदैन : मुख्यमन्त्री चौधरी
अधिकार बाँडफाँटमा सङ्कुचित हुनुहुँदैन : मुख्यमन्त्री चौधरी
राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
परराष्ट्रमन्त्री ज्ञवाली विभिन्न बैठकमा सहभागी
परराष्ट्रमन्त्री ज्ञवाली विभिन्न बैठकमा सहभागी
​शिल्पा  शेट्टी ‘गर्भवति’ नै छिन् त ? यस्तो छ वास्तविकता
​शिल्पा शेट्टी ‘गर्भवति’ नै छिन् त ? यस्तो छ वास्तविकता
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
बेलायतलाई चीनको चेतावनी
बेलायतलाई चीनको चेतावनी
सिभिल इन्जिनियरको अपराध यात्रा :  अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !
सिभिल इन्जिनियरको अपराध यात्रा : अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !
धादिङमा गुण्डागर्दि मौलायो: खाजा खाँदै गरेका युवामाथि तरबार प्रहार गरी सांघातिक आक्रमण
धादिङमा गुण्डागर्दि मौलायो: खाजा खाँदै गरेका युवामाथि तरबार प्रहार गरी सांघातिक आक्रमण
डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली अस्पताल
डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली अस्पताल
मन्त्री लालबाबु किन पुगे डिल्लीबजार मालपोत !
मन्त्री लालबाबु किन पुगे डिल्लीबजार मालपोत !