राप्तीघाटमा झोलुङ्गे पुल निर्माण शुरू

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
राप्तीघाटमा झोलुङ्गे पुल निर्माण शुरू

सारांश

  • राँझा, १३ माघ, बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमको भम्का–बैरिया राप्तीघाटमा झोलुङ्गे पुल निर्माणकार्य शुरू भएको छ ।
  • सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रु दुई करोड ७६ लाखको लागतमा पुल बन्न लागेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो ।
  •   उहाँका अनुसार, ठेकेदार कम्पनीले अबको आठ महिनाभित्र पुल निर्माणसम्बन्धी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने आश्वासन दिएको छ ।

राँझा, १३ माघ, बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमको भम्का–बैरिया राप्तीघाटमा झोलुङ्गे पुल निर्माणकार्य शुरू भएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रु दुई करोड ७६ लाखको लागतमा पुल बन्न लागेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ठेकेदार कम्पनीले अबको आठ महिनाभित्र पुल निर्माणसम्बन्धी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने आश्वासन दिएको छ ।
गाउँपालिका अध्यक्ष थारुले झोलुङ्गे पुल बनेपछि विकट गाउँको रुपमा रहेको भम्कावासीको अवस्था फेरिने बताउँदै पुलबाट गाउँसम्म जोड्ने आवश्यक पूर्वाधार बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले वर्षौदेखि डुङ्गाको सहारामा यात्रा गर्नुपर्ने बाध्यता र वर्षादमा झेल्नु पर्ने दुःख कष्ट अब भम्कावासीले व्यहोर्न नपर्ने उल्लेख गर्नुभयो ।
पुल निर्माण भएपछि राप्तीपारी रहेको भम्का गाउँवासीको वडापालिका र गाउँपालिका केन्द्रसँग सीधा सम्पर्क हुनेछ । अहिले भम्कावासी डुङ्गामा राप्ती नदी वार–पार गर्नुपर्ने बाध्यता रहेको शिक्षक भुवन खुनाले बताउनुभयो । झोलुङ्गे पुल बनेपछि राप्तीनदी वारपार गर्न धेरै राहत मिल्ने उहाँले विश्वास गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा
वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
लामिछानेमाथि अनुसन्धान गर्न थप १० दिनको म्याद
लामिछानेमाथि अनुसन्धान गर्न थप १० दिनको म्याद
नाडा अटो शो काठमाडौंमा शुरु, अर्थमन्त्री भन्छन् – ऋण लिएर गाडी नचढ्नु
नाडा अटो शो काठमाडौंमा शुरु, अर्थमन्त्री भन्छन् – ऋण लिएर गाडी नचढ्नु
राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?
राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?
अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता
अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता
डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाककाे निरीक्षण
प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाककाे निरीक्षण

तपाईंले छुटाउनुभयो कि?