पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १, २०८०
|
|
५३ पटक हेरिएको
Shares
पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड

सारांश

  • काठमाडौँ ।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडी तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह गरेकी छिन् ।
  • नयाँ वर्ष २०८० का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले समयको गतिसँगै प्राप्त अवसर सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिने बताइन् ।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडी तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह गरेकी छिन् ।

नयाँ वर्ष २०८० का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले समयको गतिसँगै प्राप्त अवसर सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिने बताइन् ।

नयाँ दशकसमेतको प्रारम्भका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको समृद्धि र प्रगतिको आकाङ्क्षालाई सम्बोधन गर्दै नेपाली सपनाको समवेत स्वरूप दिन नयाँ वर्षले हामी सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।

उनको सन्देशमा भनिएको छ, “विगतका दशकमा हामीले जनताका प्रतिनिधिमार्फत नयाँ संविधान निर्माण ग¥यौँ । दशकको मध्यतिर हासिल गरिएको सात प्रतिशतको आर्थिक वृद्धिदर इतिहासकै उच्चमध्ये रहे पनि कोभिड–१९ महामारीलगायत कारणले त्यसलाई निरन्तरता दिन सकिएन । हाम्रो सामु आज युवा शक्तिलाई मुलुकको विकासमा सहभागी गराउने, उद्यमीका निम्ति अवसर सिर्जना गर्ने तथा कृषि, शिक्षा र नवप्रवत्र्तनका क्षेत्रमा नेपालको क्षमता प्रदर्शन गर्ने ठूलो चुनौती विद्यमान छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कांग्रेसमा विपत आउँदैछ, स्थानीय चुनाव खतराको घण्टी हो’
‘कांग्रेसमा विपत आउँदैछ, स्थानीय चुनाव खतराको घण्टी हो’
बझाङ,बाँके,डडेलधुरा,नेपालगन्ज,कञ्चनपुर को ताजा पारीणाम
बझाङ,बाँके,डडेलधुरा,नेपालगन्ज,कञ्चनपुर को ताजा पारीणाम
को- को छन् एमालेबाट  मुख्यमन्त्री र सभामुखको  दौडमा ?
को- को छन् एमालेबाट मुख्यमन्त्री र सभामुखको दौडमा ?
वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट
वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
बागमती सरकारद्वारा पुरस्कार घोषणा
बागमती सरकारद्वारा पुरस्कार घोषणा
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी
मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी
शक्ति कपूर भन्छन् ‘श्रद्धाको विहेको कुरा वाहियात हो’
शक्ति कपूर भन्छन् ‘श्रद्धाको विहेको कुरा वाहियात हो’