पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
६२ पटक हेरिएको
Shares
पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

सारांश

  • बनियानी ।
  • झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ ।
  • चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

बनियानी । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ ।

चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

यस नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ । सरकारले तोकेको लक्ष्यको तुलनामा कार्यालयले ७१ दशमलव २४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

उक्त अवधिमा रू १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रू १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताए ।

उक्त नाकाबाट आयात हुने मुख्य १० वस्तुमध्ये चालू आवको चैत मसान्तसम्म सबैभन्दा धेरै रू १४ अर्ब ५० करोड ३३ लाख बराबरको हवाई स्प्रिट आयात भएको छ ।

त्यस्तै जुट रू दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास रू दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना रू एक अर्ब ६० करोड २९ लाख, तरकारी रू एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन रू ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ रू ९५ करोड ५६ लाख, दाल रू ८४ करोड ४१ लाख, कपडा रू ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पिभिसी रेजिन रु ८० करोड ५५ लाखको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

सो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै रू छ अर्ब ३३ करोड ७१ लाख बराबरको अलैँची निर्यात भएको छ । फलामजन्य सामग्री रू दुई अर्ब ९८ करोड ९९ लाख, चिया रू दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड रू एक अर्ब २९ करोड ४६ लाख, अम्रिसो रू ७२ करोड ९० लाख, अदुवा रू ४३ करोड ५२ लाख, पशु आहार रू ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी रू २८ करोड ८४ लाख, दलहन रू २७ करोड ४६ लाख र पशु आहारको कच्चा पदार्थ रू २१ करोड ३७ लाख बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।

(https://flucamp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अझै केही दिन वर्षाको सम्भावना, आज पनि पानी पर्ने
अझै केही दिन वर्षाको सम्भावना, आज पनि पानी पर्ने
हुम्लामा हिमपात
हुम्लामा हिमपात
नेपाल कम्युनिस्ट पार्टी’ :  सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि
नेपाल कम्युनिस्ट पार्टी’ : सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि
ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई ३ हजार मतले अगाडि
ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई ३ हजार मतले अगाडि
६२ वर्षीय सनी देओलको फिटनेस रहष्य के हो ?
६२ वर्षीय सनी देओलको फिटनेस रहष्य के हो ?
सर्वोच्चले भन्यो “पशुपंक्षी ओहोरदोहोर गराउँदा निर्दयी नबन”
सर्वोच्चले भन्यो “पशुपंक्षी ओहोरदोहोर गराउँदा निर्दयी नबन”
वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज हुने या नहुने फैसला आज हुँदै !
वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज हुने या नहुने फैसला आज हुँदै !
भण्डारी र डा. भट्टरार्इ प्रधानमन्त्रीकाे स्वकिय सचिव र परराष्ट्र सल्लाहकार
भण्डारी र डा. भट्टरार्इ प्रधानमन्त्रीकाे स्वकिय सचिव र परराष्ट्र सल्लाहकार
विश्वकप क्रिकेट : श्रीलंकामाथि भारत ठूलो अन्तरले विजयी
विश्वकप क्रिकेट : श्रीलंकामाथि भारत ठूलो अन्तरले विजयी
नेपाली श्रमको नयाँ गन्तव्य स्पेनः श्रममन्त्री यादव
नेपाली श्रमको नयाँ गन्तव्य स्पेनः श्रममन्त्री यादव