पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ बर्षको उमेरमा निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ बर्षको उमेरमा निधन

सारांश

  • पूर्व प्रधानमन्त्री डाक्टर तुलसी गिरीको आज विहान निधन भएको छ ।
  • ९३ वर्षिय गिरीको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो ।
  • गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने परिवारले जानकारी दिएको छ ।

पूर्व प्रधानमन्त्री डाक्टर तुलसी गिरीको आज विहान निधन भएको छ । ९३ वर्षिय गिरीको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने परिवारले जानकारी दिएको छ । कलेजोको क्यान्सरवाट पीडित गिरी केही दिनअघि मात्रै अस्पतालवाट डिस्चार्ज भएका थिए ।

नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा गिरी प्रधानमन्त्री समेत भएका थिए । उनी २०५९ सालमा राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष भएका थिए । राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?