पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी पक्राउ!
सारांश
- काठमाडौं, १५ जेठ ।
- पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी पक्राउ परेका छन ।
- काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार बिहान केसी सहित गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठ सहित ६ जनालार्इ पक्राउ गरेको हो ।
काठमाडौं, १५ जेठ । पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी पक्राउ परेका छन ।
काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार बिहान केसी सहित गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठ सहित ६ जनालार्इ पक्राउ गरेको हो ।
इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा उनिहरू पक्राउ परेकाे प्रहरीले बताएकाे छ । उनीहरुले अन्तर्राष्ट्रिय गिरोहको सहयोगमा करोडौंको बाजी लगाएको प्रहरीको भनाइ छ ।
यसअघि म्याच फिक्सिङको आरोपमा केसीसहित ५ जना २०७२ कात्तिकमा पक्राउ परेका थिए । सबै जना धरौटीमा छुटेपनि मुद्दा टुंगिएको छैन । केसीविरुद्ध विशेष अदालतमा नेपाली फुटबलको म्याच फिक्सिङ मुद्दा विचाराधीन छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया