पूर्व सांसदले ३१ वटा ल्यापटप गायव पारे
सारांश
- काठमाडौं, २४ फागुन – संसद सचिवालयका ३१ जना पूर्व सांसदले ल्यापटप गायव पारेका छन् ।
- यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।
- सभासद रहँदा सचिवालयले सुविधा बापत दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म फिर्ता गरेका छैनन् ।
काठमाडौं, २४ फागुन – संसद सचिवालयका ३१ जना पूर्व सांसदले ल्यापटप गायव पारेका छन् । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।
सभासद रहँदा सचिवालयले सुविधा बापत दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म फिर्ता गरेका छैनन् । ३१ वटा ल्यापटप फिर्ता नभएको सचिवालयले जनाएको छ । ल्यापटप पचाउने सांसदहरुको सूचिमा पहिलो संविधानसभामा निर्वाचित भएकासमेत छन् ।
कानुनत कार्यकालय सकिएको ७ दिनभित्र सांसद तथा संसदका पूर्व पदाधिकारीले सचिवालयबाट उपयोग गर्दै आएका सेवासुविधा फिर्ता गर्नुपर्ने हुन्छ । फिर्ता नगरे के कार्वाही हुने भन्ने स्पष्ट नभएकाले कतिपय पूर्व सभासदले सामान आफै राखेको संसदका कर्मचारी बताउँछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया