भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन..

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
४४ पटक हेरिएको
Shares
भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन..

सारांश

  • ५ असार, काठमाडौं ।
  • आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो हार ब्यहोरेपछि भारतीय जनताले क्रिकेट टीमप्रति आक्रोश पोखेका छन् ।
  • भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेका हुन् ।

५ असार, काठमाडौं । आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो हार ब्यहोरेपछि भारतीय जनताले क्रिकेट टीमप्रति आक्रोश पोखेका छन् ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले क्रिकेट टीमको पोष्टर जलाउँदै तोडफोड र नाराबाजी गरेका छन् । उनीहरुको आक्रोश क्रिकेटर बिराट कोहलीप्रति ज्यादा थियो ।

त्यतिमात्र हैन, दक्षिणी कानपुरमा केही मानिसहरुले भारतले हारेको रिसमा आफ्नो टेलिभिजन सेट नै फुटाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग बिरलै यति ठूलो हार ब्यहोरेको हुँदा पनि भारतीय क्रिकेट फ्यानहरु फाइनल प्रतियोगिताको ब्यग्र प्रतिक्षामा थिए । तर, पाकिस्तानले १८० रनको फराकिलो अन्तरले भारतलाई पराजित गरेपछि स्तब्ध बनेका भारतीय क्रिकेट फ्यानले आफ्नो रिस प्रदर्शन गर्न तोडफोड र नाराबाजीको सहरा लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा
नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा
प्रदेश र स्थानीय तहमा तीस प्रतिशत वजेट पनि नजानु आपत्तिजनकः महामन्त्री कोइराला
प्रदेश र स्थानीय तहमा तीस प्रतिशत वजेट पनि नजानु आपत्तिजनकः महामन्त्री कोइराला
मोदी राजकीय भ्रमणमा नेपाल आउने, सगरमाथा संवादमा नआउने
मोदी राजकीय भ्रमणमा नेपाल आउने, सगरमाथा संवादमा नआउने
गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटना !
गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटना !
कात्तिक १३ गते बुधबारको राशिफल यस्तो छ
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा न्यौपाने एमालेका उम्मेदवार
तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा न्यौपाने एमालेका उम्मेदवार
दुर्लभ ‘लोन्डेसी गुराँस’ संरक्षणको पर्खाइमा
दुर्लभ ‘लोन्डेसी गुराँस’ संरक्षणको पर्खाइमा
मर्यादित पत्रकारिताका नाममा मिडियामाथि हुने कुनै पनि नियन्त्रण अमान्य: पोख्रेल
मर्यादित पत्रकारिताका नाममा मिडियामाथि हुने कुनै पनि नियन्त्रण अमान्य: पोख्रेल
धरान उपमहानगरपालिकाका मेयरकाे निधन
धरान उपमहानगरपालिकाका मेयरकाे निधन