प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी प्रदेश सेमिफाइनलमा
सारांश
- काठमाडौैं ।
- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता गण्डकी प्रदेशलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मीले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।
- आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराउँदै ४ अंक जोडेर सेमिफाइनलको सम्भावना कायम राखेको हो।
काठमाडौैं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता गण्डकी प्रदेशलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मीले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।
आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराउँदै ४ अंक जोडेर सेमिफाइनलको सम्भावना कायम राखेको हो।
आर्मीले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकी ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो। गण्डकीका समिर कडेलले सर्वाधिक ३९ र कप्तान विपिन खत्रीले १९ तथा अर्जुन कुमालले १४ रन बनाए। गण्डकीलाई सस्तैमा समेट्ने क्रममा आर्मीको सुसन भारीले सर्वाधिक ५ विकेट लिए।
आजै भएको अर्को खेलमा प्रदेश १ माथि लुम्बिनीले ३९ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले जितका लागि दिएको २९१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले निर्धारित ५० ओभरसम्म पनि खेल्न सकेन र ४६ ओभरमा अलआउट हुँदै २५१ रनमै समेटियो।
प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ७४ र अंकित सुवेदीले ५२ रन जोड्दा निरज मुखियाले ४६ रन जोडे। हारसँगै प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ।
бнанс
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.