प्रचण्ड भन्छन्ः हिजो ह्रस्व-दीर्घमा पनि लड्यौँ, अब ड्याम्मै सरप्राइज दिन्छौँ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई सरप्राइज दिने गरी एमाले–माओवादी एकता हुने बताएका छन् ।
  • कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वाम एकताले दिएको सरप्राइज जस्तै एकता पनि ड्याम्मै हुने दाबी गरे ।
  • ‘वाम तालमेल, साझा घोषणा पत्रसहितका हाम्रा कामबाट कयौँले सरप्राइज भयो भने ।

काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई सरप्राइज दिने गरी एमाले–माओवादी एकता हुने बताएका छन् ।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वाम एकताले दिएको सरप्राइज जस्तै एकता पनि ड्याम्मै हुने दाबी गरे ।

‘वाम तालमेल, साझा घोषणा पत्रसहितका हाम्रा कामबाट कयौँले सरप्राइज भयो भने । वैशाख ९ गते एकता हुन्छ भन्यौँ, वैशाख ९ मा गर्दा राम्रो हुन्छ भन्ने थियो, एकता संयोजन समितिले स्वीकारेको थियो । तर निर्णय भइसकेको थिएन’, उनले भने, ‘तर निर्णय नै गरिसकेको भनेर हल्ला गरियो । ओलीजीसँग सकारात्मक छलफल हुँदा पनि अनेकन हल्ला गरियो । तर अब एकता हुन्छ हुन्छ ।’

अध्यक्ष दाहालले एकता भाँड्न धेरै तागत, विचार प्रवृत्ति सक्रिय भइरहेको पनि उल्लेख गरे । ‘वैशाख ९ मा भएन, ओलीजी र मैले त्यो दिन गर्छौँ भनेर मिति तोक्यो भने हुँदैन, एकता हुन्छ भनेको दिन हुँदैन’, प्रचण्डले भने, ‘हामीबीच ड्याम्मै एकता हुन्छ र गर्नु पनि पर्छ । तर घोषणा गरेको मितिमा हुँदैन ।’

नेपालका कम्युनिस्टहरु हिजो स–साना कुरामा झगडा गरेको पनि दाहालले बताए । ‘ह्रस्व र दीर्घमा, फुल स्टप र कमामा हामीले झगडा गरेका थियौँ’, उनले भने, ‘तर हामी फेरि इतिहासबाट शिक्षा लिएर अघि जानुपर्छ । हिजो झगडा गरेका हामी आज यो बिन्दुमा आएर एकता नजिक पुगिसकेका छौँ ।’

पार्टी एकता ठुलो कुरा भएको बताउँदै दाहालले देश विदेशको पनि यसैमा ध्यान रहेको बताए । ‘एकताबारे माओवादी र एमालेका नेताहरुले भन्दै नभनेका कुरा पनि भने भनेर आउँछ । आज पनि राम्रो भयो भनेर कार्यालय बैठकमा भनेँ तर अर्कै कुरा आयो’, दाहालले गुनासो गरे, ‘माओवादीलाई पनि उचालिएको छ । एमालेलाई पनि उचालिएको छ । मेरो र ओलीजी दुवैको कान भर्नेहरु सक्रिय भएका छन् ।’

जनताले पछारिदिए

अध्यक्ष दाहालले ठुलो पार्टी हुँदाको अनुभूति पनि आफूहरुसँग रहेको बताउँदै जनताले पछारेपछिको अनुभव पनि बटुलिसकेको भन्दै ठट्यौली गरे । ‘साह्रै ठुलो हुनु पनि नहुने रहेछ, धर्ती छोडिँदो रहेछ अनि जनताले पछारिदिएपछि थाहा हुँदो रहेछ वास्तविकता’, प्रचण्डले भने, ‘पार्टी एकताका लागि हामीले एकअर्कालाई सम्मान गर्नैपर्छ । हामी अहिले सत्तामा छौँ, प्रतिपक्षमा पनि विकास र समृद्धिमा सहकार्य हुन्छ ।’

दुई पार्टीबीच एकता गरेर देशको आवश्यकतालाई सम्बोधन गर्न सनुपर्ने उनले बताए । ‘एमालेका देशभरीका कार्यकर्ताले पनि नेतालाई उल्टो पाल्टो लाउनु भएन । माओवादीका साथीहरुले पनिज मेरो कान भर्ने भयो भने असर पर्दैन म भन्दिनँ । सबैले सकारात्मक दिशाका लागि सुझाव दिनुपर्यो’, उनले भने, ‘मदन भण्डारी जीवित हुँदै पनि दुई पार्टीबीच एकताको कुरा अघि बढेको थियो । माधव नेपाल एमाले महासचिव हुँदा पनि एकता अघि बढेको थियो तर टुंगो लागेन । यो पटक एकता हुन्छ तर जुन दिन  हुन्छ, ड्याम्मै हुन्छ ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Savina Ko Baba Savina

    Kaile

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदयात्रामार्फत जोडिदै बौद्धनाथ र हनुमानढोका दरबार
पदयात्रामार्फत जोडिदै बौद्धनाथ र हनुमानढोका दरबार
पुनम पाण्डेलाइ यसरी निकालेको रहेछ प्रहरीले डेजाभु क्लब बाट !
पुनम पाण्डेलाइ यसरी निकालेको रहेछ प्रहरीले डेजाभु क्लब बाट !
मानवीय त्रुटिका कारण पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोगको प्रतिवेदन
मानवीय त्रुटिका कारण पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोगको प्रतिवेदन
अमेरिकामा अगस्तसम्म ६० हजारको मृत्यु हुने अनुमान
अमेरिकामा अगस्तसम्म ६० हजारको मृत्यु हुने अनुमान
पहिलो एकदिवसिय खेलः रिपनको ५० रन पुरा, पारस एक्लैले ४ विकेट लिए
पहिलो एकदिवसिय खेलः रिपनको ५० रन पुरा, पारस एक्लैले ४ विकेट लिए
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
चुनाव हारका कारण लम्बिएकाे कांग्रेसको केन्द्रीय समितिको बैठक सुरू
चुनाव हारका कारण लम्बिएकाे कांग्रेसको केन्द्रीय समितिको बैठक सुरू
सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड
सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड
एउटै पदका लागि बुवा–छोरा र दाजुभाइ उम्मेदवार
एउटै पदका लागि बुवा–छोरा र दाजुभाइ उम्मेदवार
किन बसेनन् माओवादीका शीर्ष नेता समानुपातिकमा?
किन बसेनन् माओवादीका शीर्ष नेता समानुपातिकमा?

तपाईंले छुटाउनुभयो कि?