माओवादी केन्द्रको बैठक : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०८०
|
|
२७ पटक हेरिएको
Shares
माओवादी केन्द्रको बैठक : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

सारांश

  • काठमाडौँ ।
  • नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भएको छ ।
  • सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा सांसदहरुले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण, सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा जिज्ञाशा राखेका थिए ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भएको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा सांसदहरुले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण, सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा जिज्ञाशा राखेका थिए ।

बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता दाहालले सरकारले सङ्घीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको, अहिलेको राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने खालको रहेकाले बजेटको प्रतिरक्षा गरेर जानुपर्ने बताएको सांसद माधव सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवद्र्धन तथा अनियमिताको अनुसन्धानमा सरकार स्पष्ट अडानका साथ जाने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । “प्रधानमन्त्रीले आसन्न भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताउनुभयो”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद सापकोटाले भने ।

संसदीय दलको बैठकपछि दलको कार्यालयमा बजेटसम्बन्धी अभिमुखीकरण भइरहेको छ । अभिमखुीकरणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र सदस्य डा रामकुमार फुयाँलले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु
स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु
निर्मला हत्या प्रकरण: नेपाल प्रहरीलाइ अायाे यस्ताे निर्देशन
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
सेना दिवसको अवसरमा टुँडिखेलमा कला देखाउने क्रममा सेनाको प्यारासुट दुर्घटना, एकजना घाइते
सेना दिवसको अवसरमा टुँडिखेलमा कला देखाउने क्रममा सेनाको प्यारासुट दुर्घटना, एकजना घाइते
राहुल र प्रियंका गान्धी हिरासतमा
राहुल र प्रियंका गान्धी हिरासतमा
नाउपाको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?
नाउपाको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने
मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन
मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन
ओली(दाहाललाई देउवाको जवाफ स् तपाइहरु मिल्दै नमिले सभामुख हामी चयन गर्छौं
ओली(दाहाललाई देउवाको जवाफ स् तपाइहरु मिल्दै नमिले सभामुख हामी चयन गर्छौं
सरिता गिरीको सांसद पद गुम्यो, जसपालाई नेतृत्वलाई चुनौती दिइन्
सरिता गिरीको सांसद पद गुम्यो, जसपालाई नेतृत्वलाई चुनौती दिइन्

तपाईंले छुटाउनुभयो कि?