राष्ट्रियसभाका ५९ जना सांसदको पदावधि टुंगो लाग्याे, कस्को कार्यकाल कति? विस्तृतमा…
सारांश
- काठमाडौँ , ४ असार ।
- राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ।
- संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार, राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोलाप्रथाद्वारा आज टुङ्गो लगाएको हो ।
काठमाडौँ , ४ असार । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार, राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोलाप्रथाद्वारा आज टुङ्गो लगाएको हो ।
गृहमन्त्री रामबहादुर थापा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाकाे पदावधि छ वर्ष भएकाे छ ।
यस्तै अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको भएको छ ।
उनले गोला थुत्दा २ वर्ष कार्यकाल लेखिएको गोला थुतेका थिए । राष्ट्रियसभाका ५९ जना सांसदको सोमबार गोलाप्रथाबाट पदावधि अवधि टुंगो लगाएको थियो ।
राष्ट्रिय सभाका विपक्षी दलका नेता कांग्रेस सांसद सुरेन्द्र पाण्डेको पदावधि २ वर्षको भएको छ।
नेकपा सांसद दीनानाथ शर्माको पदावधि ४ वर्ष भएकाे छ।नेकपाकी शशिकला दाहालको कार्यकाल ४ वर्षको भएको छ।
प्रतिक्रिया